Home » » अचानक ठूलो वर्षा हुँदा दुई तीर्थयात्रीको मृत्यु, ११ बेपत्ता

अचानक ठूलो वर्षा हुँदा दुई तीर्थयात्रीको मृत्यु, ११ बेपत्ता

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

श्रीनगर, ९ साउन । हिन्दु तीर्थयात्री
बसिरहेको शिविरमा अचानक आएको भारी
बर्षापछि बाढी आउँदा दुई तीर्थालुको मत्यु
भएको छ भने ११ जना हराइरहेको, यहाँका
सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
भारत नियन्त्रित काश्मिर क्षेत्र, गन्दबल
जिल्लाको सोनमार्ग नजिकैरहेको टहरा र
पालभित्र बसको तीर्थयात्रीलाई अचानक
आएको वर्षापछि आएको बाढीले बगाउँदा
दुईजनाको मृत्युभएको छभने दुई दर्जन बढी
यात्री घाइते भएको भारतीय अर्धसैनिक
केन्द्रीय सुरक्षा प्रहरीबल (सिआरपिएफ)का
प्रवक्ता आशिषकुमार झाले बताउनुभयो ।
हामीलाई प्राप्त सूचना अनुसार ११ जना
तीर्थयात्री हराइरहेका छन्, झाले बताउनुभयो
। उक्त स्थानमा गएको हप्तापनि पाँच जनाको
मृत्युभएको थियो । बाढीपश्चात उक्त शिविर
बरीपरी रहेको यात्रुलाई सुरक्षित ठाउँतर्फ
सारिसकिएको पनि उहाँले बताउनुभयो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved