Home » » बस नदीमा खस्दा ९ को मृत्यु ३२ जना बेपत्ता

बस नदीमा खस्दा ९ को मृत्यु ३२ जना बेपत्ता

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

श्रीनगर, ८ साउन । भारतको हिमाञ्चल प्रदेशमा एक
बस नदीमा खस्दा त्यसमा रहेका नौ जना यात्रुको
मृत्यु भएको छ ।
साथै सो बसका अरु ३२ जना यात्रु नदीमा बेपत्ता
भएका छन् । ती यात्रुहरु उक्त दुर्घटनास्थलबाट बगेको
अनुमान गरिएको छ । प्राप्त समाचारअनुसार
बिहीबार साँझ सो बस नदीमा खसेको थियो ।
त्यस दुर्घटनामा परी २३ जना यात्रु पनि घाइते
भएका छन् ।
उक्त दुर्घटना उत्तरी भारतको हिमाञ्चल प्रदेशको
कुल्लु जिल्लामा भएको हो । बिहीबार साँझ सो
दुर्घटना भएको भएपनि अहिलेसम्म ती यात्रु भेटिएका
छैनन् ।
कुल्लु जिल्लाका प्रहरी अधिकारी राकेश कनवारले
सो दुर्घटनामा परी मृत्यु भएका नौ जनाको शव
भेटाइएको जानकारी दिए । उनका अनुसार त्यसमा
परी घाइते भएकाको स्थानीय अस्पतालमा उपचार
जारी रहेको छ । घाइतेमध्ये धेरैजनाको अवस्था गम्भीर
रहेको छ ।
उक्त दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको
भएपनि सो क्षेत्रको बाटो नै बिकट रहेकोले पहाडी
इलाकामा यसरी दुर्घटना हुने गरेको पाइएको छ ।
रासस/एएफपी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved