Home » » डिभि मन्त्रीहरुको राजीनामा आउँदै

डिभि मन्त्रीहरुको राजीनामा आउँदै

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

विदेशी नागरिकता (ग्रीनकार्ड, पिआर, डिभजी) लिनेहरुलाई सरकारी सेवामा मात्रै होइन, राज्यबाट प्रदान गरिने राजनीतिक पदहरुसमेत नदिने गरी कानुन तर्जुमा भएको छ । यो कानुको तर्जुमा भएपछि कर्मचारी वृत्तमा खलबल भएको छ, साथै यसको असर राजनीतिक वृत्त एवं पार्टीहरुमा समेत परेको छ । यो कानुन तर्जुमा गर्ने क्रममा एक वर्ष अघि मन्त्रिपरिषद् बैठकमा हात हालाहालको अवस्था सिर्जना भएको थियो ।

विशेष गरी राप्रपाबाट मन्त्री बनेका सुनिल थापा, कांग्रेसबाट डा. मिनेन्द्र रिजाल, डा. रामशरण महत, डा. नारायण खड्का लगायतले उक्त विधयेकमाथि आपत्ति जनाएका थिए ।

तर, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री सुशील कोइरालालाई धम्की दिएरै उक्त विधयेकलाई अघि बढाउँदै एक वर्षभित्र टुंगोमा पुर्याए ।

मन्त्रीले समेत विदेशी नागरिकता लिएको र राख्न नपाउने भएपछि धेरैले कुरा मिलाइसकेका छन् । विधयेकमा लालमोहर लागेको भोलिपल्ट संसदमा स्पष्टीकरण दिंदै संचारमन्त्री मिनेन्द्र रिजालले आफूसँग अमेरिकी नागरिकता नभएको दाबी गरे ।

तर, अरु मन्त्रीले मुख फोरेका छैनन् । स्रोतका अनुसार मन्त्री थापा अमेरिकी नागरिकता नछोड्ने तर, मन्त्री पद छोड्ने मनस्थितिमा रहेका छन् । तरुण साप्ताहिकबाट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved