Home » » प्रधानमन्त्री बोलिरहँदा ‘हिन्दु– मुस्लिम भाई–भाई’

प्रधानमन्त्री बोलिरहँदा ‘हिन्दु– मुस्लिम भाई–भाई’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नेपालगन्ज, श्रावण ४ - भेरी प्राविधिक
शिक्षालयको सभाहलमा प्रधानमन्त्री सुशील
कोइराला संविधान बनाउने बेला गरिने
आन्दोलनले जनआन्दोलनको उपलब्धी गुम्ने भन्दै मन्तब्य
दिइरहँदा शिक्षालयको मुलगेट र उनी हिँड्ने
बाटोमा राप्रपा नेपालका कार्यकर्ताहरुले हिन्दु
राज्यको माग गर्दै नाराबाजी र प्रदर्शन गरेका
छन् ।
नयाँ संविधानको मस्यौदामा धर्म निरपेक्ष उल्लेख
भएपछि आक्रोसित राप्रपा नेपालका
कार्यकर्ताहरुले त्यसका ठाउँमा हिन्दु राज्य
कायम हुनुपर्ने माग गर्दै सोमबार नाराबाजी
गरेका हुन् । उनीहरुले बीपी चोक र शिक्षालय
परिसर तथा त्यसको मुलगेटमा प्रदर्शन गरेका थिए ।
उनीहरुले संविधानको मस्यौदा जलाउँदै हिन्दु
राज्य उल्लेख नभएसम्म संविधान नस्विकार्ने बताए ।
उनीहरुले ‘हिन्दु–मुस्लिम भाइ भाइ’ को नारा
समेत लगाए । ‘हिन्दु राज्य भित्रै मुस्लिम पनि
सम्मानजनक ढंगले अट्छन्,’ जुलुसमा सहभागी राप्रपा
नेपालका जिल्ला कमिटी सदस्य तेजनारायण
कँडेलले भने, ‘धार्मिक सद्भाव कायम राख्न पनि
यस्तो नारा लगाएका हौं ।’
प्रधानमन्त्री कोइराला मन्तब्य दिइरहँदा बीपी
चोकमा नारा जुलुस गरिएको हो । उनी झण्डै १५
मिनेटको संक्षिप्त मन्तव्य सकेर बाहिरिँदा
शिक्षालय परिसर र मुल गेटमा प्रदर्शन भइरहेको
थियो । प्रहरीलाई भीड नियन्त्रणमा लिन
हम्मेहम्मे परेको थियो । प्रधानमन्त्रीको आगमनले
सुरक्षा सम्वेदनशीलता बढेपछि सुरक्षाका लागि
नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित सेनाको एउटा
टुकडी पनि कार्यक्रम स्थल बाहिर तैनाथ गरिएको
थियो ।
प्रधानमन्त्री कोइरालाले सबैको भावना समेट्ने
गरी संविधान जारी हुने आश्वासन दिए । बाँके
क्षेत्र नम्बर ३ मा संविधानको मस्यौदामाथि
जनताको सुझाव संकलनका लागि प्रधानमन्त्री
कोइराला बिहानै आएका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved