भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अर्जेटिनाकी एक सांसदले संसदमै आफ्नो बच्चालाई दुध
चुसाएको तस्वीर इन्टरनेट तथा सामाजिक सञ्जालमा
भाइरल बनेको छ ।
‘सेक्सी एमपी’ भनेर चिनिने भिक्टोरिया डोन्डा
पेरेजले आफ्नो आठ महिने छोरीलाई संसद वैठक
चल्दाचल्दै स्तनपान गराएकी थिइन् ।
भिक्टोरियाको यस्तो हर्कतप्रति सामाजिक
सञ्जालमा दुईखाले प्रतिक्रिया देखिएका छन् ।
बच्चा रोएपछि जहाँ सुकै भए पनि स्तनपान गराउनु एक
आमाको हक भएको उनको बचाउ गर्नेहरुको तर्क छ ।
अर्काथरीले भने गम्भीर समयमा एमपीले असभ्य व्यवहार
देखाएको भन्दै आलोचना गरेका छन् । विरोध गर्नेहरुले
भनेका छन्-‘कम्तिमा उनले आफ्नो स्तन छोप्नुपर्थ्यो ।’
३७ वर्षीया भिक्टोरियाले आफ्नो ग्ल्यामरस छवी र
चञ्चलपनाका कारण ‘सेक्सी एमपी’ को उपनाम
पाएकी हुन् । उनी पहिले एक मानवअधिकार
कार्यकर्ता र कानून व्यवसायी थिइन् ।
उनले सन् २००७ को डिसेम्बरमा सबैभन्दा कान्छी
सांसदका रुपमा अर्जेन्टाइन नेसनल कंग्रेसमा प्रवेश
पाएकी हुन् ।

0 comments:
Post a Comment