Home » » हिन्दु राज्यको माग गर्दै राजावादीदेखि कांग्रेसी एकै मञ्चमा...

हिन्दु राज्यको माग गर्दै राजावादीदेखि कांग्रेसी एकै मञ्चमा...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

१० साउन, काठमाडौं । हिन्दु राज्यको माग गर्दै
राजावादीदेखि कांग्रेसीसम्मका नेताहरुले राजतन्त्र
र हिन्दु राज्यको स्थापित गर्नु पर्ने माग गरेका छन् ।
राजधानीमा विश्व हिन्दू महासङ्घले आइतबार
नेपालको प्रस्तावित संविधान र हिन्दू अधिराज्य
विषयक गरेको विचारगोष्ठीमा उनीहरुले राजतन्त्र र
हिन्दु धर्म नेपालको मियो भएको दाबी गर्दै जसरी
पनि राजतन्त्र स्थापित गर्नु पर्ने बताएका हुन् ।
उनीहरुले हिन्दु धर्मका बारे जनमत संग्रहसमेत गर्न सकिने
प्रस्ताव अगाडी सारेका छन् । केही दिन यता
कांग्रेसी नेता खुमबहादुर खड्का र कथित हिन्दु
धर्मभिरु स्वामी कमलानयनाचार्यले हिन्दू धर्मले
सहिष्णुताको सन्देश दिने दलिल पेश गर्दै अरु कुनै
धर्ममाथि यसले दुःख नदिने बताए ।
नेपाली कांग्रेसका नेता खड्काले नेपाली कांग्रेस
२००७ सालदेखि नै राजतन्त्र र हिन्दू वर्ण व्यवस्थाको
पक्षमा रहेको बताउँदै २०६३ को आन्दोलनमा पनि
कम्युनिष्टसँग हिन्दू धर्मको पक्षमा अडान लिएको
जिकिर गर्दै कांग्रेसलाई कम्युनिष्टहरुको पछि
लागेको आरोप लगाए ।
कार्यक्रममा महासङ्घका पूर्व अध्यक्ष भरतकेशर सिंहले
हिन्दूले कसैको धर्ममाथि हस्तक्षेप नगर्ने भन्दै
संविधानबाट हिन्दू धर्म र राजतन्त्र हटाउनुका
कारणको खोजी हुनुपर्नेमा बताए ।
राप्रपाका महामन्त्री दीपक बोहराले आफ्नो
पार्टी धर्मनिरपेक्षताको विरोधमा उत्रिएको
जानकारी दिँदै यस विषयमा निर्णय लिन
जनमतसङ्ग्रहमा जानु पर्नेमा जोड दिए ।
राजसंस्था जनता पार्टीका अध्यक्ष किशोरी
महतोले राजतन्त्रको पुनःस्थापना र हिन्दू धर्मको
पुनःस्थापनापछि मात्र देशमा शान्ति आउने धारणा
राखे ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved