Home » » प्रचण्ड पुग्दा सिराहामा तनाव, नारावाजी र लाठी चार्ज....

प्रचण्ड पुग्दा सिराहामा तनाव, नारावाजी र लाठी चार्ज....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

४ साउन, लाहान ।
५ दिने भारत भ्रमण सकेर काठमाडौं फर्के लगत्तै
संविधानको मस्यौदामा सुझाव लिन निर्वाचिन
क्षेत्र सिराहा पुग्दा एमाओवादी अध्यक्ष प्रचण्डले
कालो झ्डाको सामाना गर्नु परेको छ ।
प्रचण्डलाई मधेसवादी र वैद्य माओवादीका
कार्यकर्ताले कालो झन्डा देखाएपछि त्यहाँको
अवस्था तनावग्रस्त बनेको छ । सुझाव संकलनका लागि
तोकिएको मिर्चैयामा कालो झण्डा प्रदर्शन र
विरोध गर्न चाहने र प्रहरीबीच झडप भएको थियो ।
प्रचण्ड मिर्चैया पुग्नासाथ उनी विरुद्ध चर्को
नारावाजी भएको थियो । मोहन बैद्य र मातृका
यादवका कार्यकर्ताले कालो झण्डा देखाउँदै प्रचण्ड
विरुद्ध चर्को नारावाजी गरेका थिए ।
प्रहरीले प्रदर्शनकारीलाई भगाउन ठूलो संघर्ष गर्नु
परेको थियो । झडपपछि त्यहाँ ठूलो मात्रामा
सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved