Home » » काठमाडौंको तारेभिरमा जमिन फाट्न थाल्यो, डरले स्थानीय गाउँ छोड्दै....

काठमाडौंको तारेभिरमा जमिन फाट्न थाल्यो, डरले स्थानीय गाउँ छोड्दै....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौँ, ८ साउन । काठमाडौँको उत्तरपूर्वी
गोकर्णेश्वर नगरपालिका– ७ स्थित तारेभिरको
जमिन चिरा परी पहिरोको जोखिम बढेपछि यस
क्षेत्रका ७० घरपरिवारका मानिस डरले भाग्न
थालेका छन् ।
बुधबार रातिको काठमाडौँ केन्द्रबिन्दु भई गएको
परकम्पले शिवपुरी नागार्जुन राष्ट्रिय
निकुञ्जमुनिको सडक चिरा परेको स्थानीय कान्छा
लामाले जानकारी दिनुभयो । चिरा परेको
स्थानमा फराकिलो खाल्डो देखिएकाले
स्थानीयवासी डराएर घर छोडी हिँड्न थालेका हुन् ।
पहिरोको जोखिम देखिएकाले घर छोडी
बूढानीलकण्ठ आफन्तकहाँ बस्न थालेको सपना लामाले
बताउनुभयो । “चिरा परेको स्थानमा बिहीबारको
वर्षाले पानी भरिएपछि पहिरोको जोखिम बढेको
छ, ज्यान जोगाउन छोरा लिएर बूढानीलकण्ठ आई
बसेकी छु” –रासससँग कुरा गर्दै उहाँले भन्नुभयो ।
तारेभिरमा डेढ महिना अघि ठूला ढुङ्गा खसेपछि
खानी तथा भूगर्भ विभागका भूगर्भविद्को समूहले
गरेको भौगर्भिक अध्ययनबाट ३५ घर र तारेभिर
प्राथमिक विद्यालय ढुङ्गा खसी क्षति हुन सक्ने
जोखिम देखिएको प्रतिवेदन गृह मन्त्रालयलाई
दिएको थियो । जोखिमको बस्तीलाई नजिकैको
लोठसल्ला सामुदायिक वनमा स्थानान्तरण
गरिएको थियो ।
ढुङ्गा खस्ने जोखिम कायमै रहँदा जमिन चिरा परी
पहिरोको भयसमेत बढेकाले थप भौगोलिक अध्ययन एवम्
सुरक्षित स्थानमा बस्ती सार्न सरकारलाई अनुरोध
गर्न लागिएको नगरपालिका राजनीतिक संयन्त्रका
सदस्य एवम् नेपाली काँग्रेस काठमाडौँ ३ नं क्षेत्रीय
सचिव श्रीकृष्ण ज्योतिले बताउनुभयो ।
“चट्टान खस्ने डरले आक्रान्त मानिसमा पहिरोको
जोखिमसमेत बढेकाले यहाँ त्रासले डेरा जमाएको छ,
यसको छिटो अध्ययन गरी पीडितलाई सुरक्षित
स्थानमा राख्ने व्यवस्था मिलाउन सरकारी
निकायमा अनुरोध गरेका छौँ” – उहाँले भन्नुभयो ।
रासस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved