Home » » धेरै फेसबुक चलाउनेलाई यस्तो खतरा हुनसक्छ.....सबैले पढ्नै पर्ने ....

धेरै फेसबुक चलाउनेलाई यस्तो खतरा हुनसक्छ.....सबैले पढ्नै पर्ने ....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

यदी तपाईं धेरै फेसबुक चलाउनुहुन्छ भने ख्याल गर्नुहोस्
किनभने एउटा नयाँ अध्ययनले धेरै फेसबुक चलाउनेहरुलाई
डिप्रेसन हुने खतरा रहने देखाएको छ । उक्त अध्ययनका
अनुसार फेसबुकमा धेरै समय विताउनेहरुले आफ्नो
जीवनसँग र फेसबुकमा रहेका आफ्ना साथीहरुको जीवन
र उपलब्धीसँग तुलना गर्न थाल्छन् जसले गर्दा उनीहरु
डिप्रेसनको सिकार बन्न पुग्छन् । अध्ययनकर्ताहरुले
यसरी आफ्नो जीवनको सामाजिक तुलना गर्नेहरुमा
डिप्रेसनको लक्षण देखिने बताएका छन् ।
हाउस्टन विश्व विद्यालयमा विद्यावारिधी गर्न
लागेकी माई ली स्टीर्सका अनुसार उनले फेसबुकमा
गरिने जीवनको सामाजिक तुलनाले मानिसको
मानसिक स्वास्थ्यमा पार्ने असरबारे दुईवटा अध्ययन
गरेकी थिइन् । ‘ दुवै अध्ययनले फेसबुकमा आफ्नो जीवनको
सामाजिक तुलना गर्नेहरु डिप्रेसनमा पर्ने गरेको
देखाएको थियो , ’ उनले भनिन् ।
स्टीरका अनुसार फेसबुक चलाउँदैमा कसैलाई डिप्रेसन
नहुने तर लामो समय फेसबुक चलाउने र आफ्नो जीवनलाई
अरुसँग तुलना गर्नेहरुमा भने डिप्रेसनका लक्षण देखापर्ने
जानकारी दिइन् ।
पहिलो अध्ययनमा फेसबुक चलाउने समय र मानिसमा
लिङ्गको आधारमा हुने प्रभावको बारेमा अध्ययन
गरिएको थियो । दोस्रो अध्ययनमा भने जीवनको
सामाजिक तुलना गर्नेहरु र फेसबुक चलाउने समयका
आधारमा प्रभावको बारेमा अध्ययन गरिएको थियो

स्टीरका अनुसार भावनात्मक समस्या हुने
मासिनहरुमा यस्तो लक्षण अझ बढी देखिने बताए ।
यो अध्ययन साइन्स एण्ड क्लिनिकल साइकोलोजी
नामक जर्नलमा प्रकाशित गरिएको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved