Home » » काका-भतिजीको हत्या रहस्य खुल्यो, यसरी भयो एकैदिन हत्या....

काका-भतिजीको हत्या रहस्य खुल्यो, यसरी भयो एकैदिन हत्या....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

गुल्मी, १० साउन । गत शुक्रवार विहान गुल्मीको
पिपलधारामा रुखको टुप्पोमा भतिजी झुण्डीएको
अवस्थामा र काका त्यसको भेदमा मृत फेला परेको
घटना आत्मा हत्या नभई हत्या भएको प्रहरीद्धारा
प्रकाशित घटना विवरणमा पुष्टी भएको छ ।
पिपलधारा–८ नादीगाउँमा काका पर्ने ३८ वर्षिय
वेलबहादुर मुखिया र १८ वर्षिया भतिजी सिता
मुखियालाई मार्ने मुख्य अभिुक्त मृतक वेलबहादुरकै ४४
वर्षिय दाजु नारायण मुखिया भएको जिल्ला
प्रहरी कार्यालय गुल्मीले आज पुष्टी गरेको हो ।
साउन ८ गते राति १२ बजे देखि १ वजेको बीचमा
अभिुक्त नारायण मुखिया, सोही गाउँको २१
वर्षिय बाशुदेव जिसी र पिपलधारा ५ का
विष्णुबहादुर मुखियाले घरको दलानमा सुतिरहेका
भाई वेलबहादुर मुखियालाई चिरुवा दाउरोले कुटपिट
गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
सोही ठाउँमा रहेकी सीता मुखियाको पनि तीनै
जनाले मुख छोपेर हत्या गरी नजिकै रहेको खनियाँको
रुखमा लगेर उनकै चुन्नीले झुण्डाएको र बेलबहादुरको शव
पनि त्यही रुख तल लगेर फालिएको प्रहरीले जनाएको
छ ।
प्रहरीका अनुसार अघिल्लो दिन एक वजेको समयमा
मृतक काका वेलबहादुरकै घरमा बसेर सीता र वेलबहादुरले
चाउचाउसंगै मादक पदार्थ सेवन गरे । त्यसपछि वेलबहादुर
माथी पिपलधारा बजारतिर लागे । सीता आफ्नो
माईतीमा गईन् । त्यसै दिन साँझ करिव ६ बजेतिर
वेलबहादुरकी आमासंग पैचो लिएको चामल बुझाउन
भन्दै सीता आईन र फर्किइन् । साँझको ६ बजेर ५
मिनेटको समयमा बेलबहादुरमाथि बजारबाट घर आए ।
अँध्यारो भएपछि सीता पुनः बेलहादुरको घरमा आईन
र घटना घटेको समय सम्मसंगै रहिन् । राति करिब ११
वजेको समयमा आएकी सिताले वेलबहादुरकी आमा
मुगा मुखियालाई ढोका खोल्न लगाई भित्र पसिन् ।
आमाले गालि गर्दै कोठामा गएर सुत्न भन्दै आफू आफ्नो
कोठामा गईन् । कोठामा गएपछि अभियुक्त नारायण
मुखियाले ठूलो स्वरमा क्यासेट बजाउन सुरु गरे ।
रातको समयमा ठूलो स्वरमा क्यासेट बजाएपछि अरु
गाउँवासीले घटना नसुनुन् भन्ने अभिप्राय राखेको
प्रहरीले उल्लेख गरेको छ । नारायण मुखिया धान
रोप्न भनि असार २९ गते तम्घासबाट घर गएका थिए ।
वेलबहादुर पनि असार ३१ गते धान रोप्न भन्दै
तम्घासबाट घर गएका थिए । साउने सक्रान्तीको
दिन दाजु भाईसंगै बसेर चाड माने । त्यसदिन समुहको
बैठकमा भाई वेलबहादुरले दाजु नारायणले कृषि समुहको
रकम हिनामिना गरेको कुरा उठाए । त्यसपछि
उनीहरुबीच झगडा सुरु भयो । दाजु भाईबीच अन्य
विवाद पनि थियो । अभिुक्तहरु तिनै जनालाई
नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रहरीले
जनाएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved