भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बिर्तामोड । संघीय समाजवादी फोरम
नेपालका ३ जना कार्यकर्तालाई मङ्गलवार
बिहान प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको
छ । बन्दमा बस चलाएको भन्दै बसमा ढुङ्गामुडा
गर्दै गर्दा उनीहरुलाई हिकोला अगाडिबाट
प्रक्राउ गरेको बिर्तामोड प्रहरीले जनाएको छ
।
पक्राउ पर्नेमा फोरम नेपालका जिल्ला सदस्य
सुरेश यादव, रामचन्द्र केसी र पञ्चलाल राजवंशी
रहेका छन् । उपेन्द्र यादव नेतृत्वको फोरमले
रौतहटमा कार्यकर्तामाथि प्रहरीले गरेको
दमनको बिरोध स्वरुप आज नेपाल बन्दको
घोषणा गरेको थियो । बन्दका कारण पूर्वमा
छोटो दुरीका सवारी साधन चलेपनी लामो
दुरिका सवारीसाधन भने चल्न सकेका छैनन् ।
0 comments:
Post a Comment