भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
३ साउन, काठमाडौं । नेपाली राष्ट्रिय टोलिबाट
शनिबार पहिलोपटक डेब्यू गर्दै थिए, २० वर्षीय
सिद्धान्त लोहनी ।
टी-२० विश्वकप छनोटमा जर्सीविरुद्ध सातौं
नम्बरको ब्याट्सम्यान गर्न सिद्धान्त क्रिजमा
आउँदा नेपाल सबैखाले समस्यामा थियो । नेपालले
१५ ओभरमा पाँच विकेट गुमाएर ६१ रन मात्र जोडेको
अवस्थामा सिनियर टीमबाट पहिलो अन्तराष्ट्रिय
क्रिकेट खेल्दै गएका सिद्दान्तबाट ठूलो आश गरिएको
थिएन ।
यद्यपी उनले आक्रामक सटहरु खेल्दै फ्यानहरुलाई केहीबेर
मनोरञ्जन प्रदान गरे र टीममा परेकोमा जस्टिफाइ
गरे । सिद्दान्तले बनाएको २७ रन नै नेपालको तर्फबाट
सबैभन्दा ठूलो व्यक्तिगत स्कोर थियो ।
१६ बलको ‘अनअर्थेडक्स’ इनिङमा सिद्दान्तले दुई
चौका र दुई छक्का प्रहार गरेका थिए, जसमध्ये उनले
हानेको एउटा छक्का चर्चामा छ ।
आईसीसीको फेसबुक पेजमा त्यसलाई प्रतियोगिताकै
सम्भावित उत्कृष्ट सटको संज्ञा दिइएको छ ।
आईसीसीले उक्त सटको भिडियो पोष्ट गर्दै लेखेको
छ-‘नेपाल टी-२० विश्वकपबाट बाहिरिएको छ । तर,
के उनीहरुले छनोट प्रतियोगिताकै सर्वोत्कृष्ट सट
पैदा गरेका हुन् ? एमएस धोनी, इट योर हार्ट आउट ‘
फिनिसिङका हिसाबले यो सट भारतीय एमएस
धोनीले हान्ने हेलिकोप्टर सटसित मिल्दोजुल्दो
थियो । यद्यपी, वाइड लङ अनतर्फ नभएर प्वाइन्ट
बाउन्ड्रीतर्फ बल उडेको थियो । क्रिकेट वेवसाइट
क्रिकइन्फोले लाइभ कमेन्ट्रीमा लेखेको छ-‘यो त
घुमिरहेको पंखामा बल फ्याँके जस्तो भयो ।’
दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी
डेभिल्लर्सका फ्यान हुन् सिद्दान्त । उनले क्रिजमा
रहँदा डेभिलर्सकै ब्याटिङ शैलीमा खेल्ने प्रयास गरे ।
पहिलो छक्का हान्दा उनले अफ स्टम्पबाहिर उभिएर
‘ल्याप स्वीप’ का लागि पोजिसन लिए । तर, पछि
नियमित स्थानमा फर्किएर प्रहार गरेका थिए । यो
बलरलाई झुक्याउने डिभिल्लर्सको स्टाइल हो ।
सिद्दान्त क्रिजमा आउनुअघि १५ ओभरको खेलमा
नेपालका तर्फबाट केवल दुईवटा चौका हिर्काइएका
थिए भने छक्का शून्य थियो । पारस र ज्ञानेन्द्रको
ब्याटबाट निस्केका दुवै चौका ब्याटको किनारा
लागेर भएका थिए । उनले आक्रामक इनिङ नखेलेको भए
नेपालको स्कोर एक सय रन छुन सक्ने थिएन ।
धेरै सिनियर ब्याट्सम्यानहरु चल्न नसकेपछि
सिद्दान्तलाई यो प्रतियोगितामा पहिलोपटक
मौका दिइएको हो । पाँच वटा म्याचमा बेन्च
विताएका उनले अन्तिम खेलमा पाएको मौका
सदुपयोग गरे । सिद्दान्तले फिल्डिङमा पनि आफ्नो
छाप छोडेका छन् ।
जर्सीका तर्फबाट लामो पार्टनरसीप तोड्दै उनले
आफ्नो सटिक थ्रोमार्फत जेन्टी जेनरलाई ३० रनमा
रनआउट गरे । बलिङतर्फ भने उनी औसत रहे । सोमपाल
कामीले क्याच नछुटाएको भए उनको खातामा एक
विकेट पनि हुने थियो । क्याच छुटाइएका
बोडेस्टिनले २२ बलमा २७ रन हान्दै जर्सीलाई
जिततर्फ डोहोर्याएका थिए ।
बिराटनगरबाट घरेलु प्रतियोगिता खेल्दै आएका
सिद्दान्तले यसअघि यू-१९ एसिया कपमा भाग
लिएका थिए । भारत र यूएइविरुद्ध खेल्न पाएका उनले
यूएइविरुद्ध अविजित १९ रन बनाएका थिए ।
जर्सीसँगको म्याचबाट उनले सातौं नम्बरका लागि
राष्ट्रिय टोलीमा आफ्नो दावेदारी पेश गरेका छन्
। यद्यपी उनले आफूलाई प्रमाणित गर्न एउटा म्याच
काफी छैन ।

0 comments:
Post a Comment