Home » » कात्तिक १ गतेबाट हलमा ‘ई- टिकटिङ’, नमान्ने हल बन्द हुने...

कात्तिक १ गतेबाट हलमा ‘ई- टिकटिङ’, नमान्ने हल बन्द हुने...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बक्स अफिस लागू गर्ने बिषयलाई आफ्नो मुख्य मुद्दा
बनाएका चलचित्र विकास बोर्डका अध्यक्ष
राजकुमार राइले सुरुवातमा ‘ई-टिकटिङ’ लागू गर्नुपर्ने
नियम लागू गर्न लागेका छन् । काठमाण्डौ, भक्तपुर र
ललितपुरका सबै हलमा कात्तिक १ गतेबाट अनिवार्य
रुपमा यो व्यवस्था लागू गर्नुपर्नेछ ।
अहिले काठमाण्डौका अधिकांश मल्टिप्लेक्समा ‘ई-
टिकटिङ’को व्यवस्था भएपनि सिंगल हल र गोपी, गुण
जस्ता हलमा यो व्यवस्था छैन । जसका कारण
निर्माताले वितरक र हलवालाहरुको भरमा आफ्नो
चलचित्रको व्यापार थाहा पाउने गरेका छन् ।
तर, कात्तिक १ गतेबाट हलहरुमा यो सिस्टमबाट टिकट
काटिनुपर्नेछ । यसका लागि विकास बोर्डले आज १
बजे काठमाण्डौ, भक्तपुर र ललितपुरका सबै
हलवालाहरुसँग छलफल गर्न लागेको बोर्ड सदस्य
सुरेशदर्पण पोख्रेलले जानकारी दिए ।
माघ १ गतेबाट भने काठमाण्डौ बाहिरका सबै हलमा
यो सिस्टम लागू हुनेछ । हलहरुसँगको छलफल सकारात्मक
भएन भने के गर्नुहुन्छ भन्ने प्रश्नमा दर्पणले भने-‘राज्यले
लागू गर्न लागेको नियम पनि मान्दिन भन्नेलाई
कारवाही हुन्छ । जस अन्तर्गत ‘ई-टिकटिङ’ लागू नगर्ने
हल बन्द हुन्छ ।’
यसका लागि हलमा चाहिने सर्भर र कप्यूटर खरिद गर्न
बोर्डले तत्काल कुनै सहयोग गर्न नसक्ने जनाएको छ ।
तर, यसका लागि राज्यको तर्फबाट कर छुटका लागि
बोर्डले पहल गर्न सक्ने बताइएको छ ।
अब, कुनै पनि नयाँ हलले इजाजत लिनका लागि पहिले
नै ‘ई-टिकटिङ’ लागू गर्नुपर्नेछ । यसरी टिकट विक्री
हुँदा निर्माताले आफ्नो चलचित्रको स्पष्ट हिसाब
पाउनेछन् । बोर्डको शुक्रबार बसेको बैठकले यो निर्णय
गरेको हो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved