भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
थानसिंग गाविस– ८ आपचौरका बाटुली
लामिछाने अहिले ११२ वर्ष चार महिनाकी भइन्।
उनले २०७० सालमा जिल्ला प्रशासन कार्यालय
नुवाकोटबाट लिएको नागरिकता प्रमाणपत्रमा जन्म
मिति विसं १९५७ चैत १० गते उल्लेख छ ।
अझै हट्टाकट्टा रहेकी बाटुली लामिछाने बिहान
बेलुका घाँस काट्नेदेखि आफ्नो दैनिक कामकाज आफैँ
गर्दै आएकी छन्नु। उनको दैनिकी देख्नेहरुले ११२ वर्ष चार
महिनाको उमेर पत्याउनै मुस्किल हुने गरेको छ । अझै
बोली प्रष्ट रहेको उनलाई कुनै ठूलो रोग नरहेको ७६
वर्षीया कान्छो छोरा नेत्रप्रसाद लामिछाने
बताउँछन्। 'आँखा देख्नुहुन्छ, कान सुन्नुहुन्छ, कसैको
सहाराबिनै ठमठमी हिँड्नुहुन्छ' नेत्रप्रसादले भने। उनका
अनुसार अझै बाटुलीले दैनिकजसो घाँससमेत काट्ने
गर्छिन्।
एक सय १२ वर्षीया जापानी नागरिक साकारी
मोमोयीको निधन भएपछि लामिछाने परिवारले
११२ वर्ष चार महिनाका बाटुली संसारकै जिवित
ज्येष्ठ नागरिक रहेको दाबी गरेका छन् ।
सिन्धुपाल्चोकको गिरानीचौरमा जन्मिएकी
बाटुली विवाह गरेर नुवाकोट आएकी हुन्। उनका चार
सन्तानमध्ये अहिले कान्छो छोरामात्रै जीवित छन्।
दुई छोरी र एक छोराको निधन भइसकेको छ।
बाटुलीको जेठो पनाति श्यामप्रसाद ढुङ्गानाको
उमेर नै २३ वर्ष भइसकेको छ।
बाह्र वर्षअघि टाइफाइड ज्वरो आए पनि त्यसपछि कुनै
रोगको सङ्क्रमण नरहेको नातिनी ज्वाइ नवराज
न्यौपानेले बताए। साथै ११२ वर्षीया जापानी
नागरिकको निधन भइसकेकाले बाटुली संसारकै ज्येष्ठ
नागरिक रहेको समेत न्यौपानेले दाबी गर्छन्। कपाल
सेताम्मे फुलिसकेको बाटुली असाध्यै टाठोसमेत हुनुहुन्छ
। गाउँघरका आफन्त छिमेकीसँग बोलचालदेखि
एँेचोपैचोसमेत गर्न भ्याउनुहुने बाटुली गाउँभरिका
लागि जीवित देवताजस्तै सम्मानित रुपमा रहँदै
आएका छन्। छिमेकी अर्जुन हुमागार्इंका अनुसार
उनको स्मरण शक्ति र बोलीचालीमा कुनै कमी आएको
छैन ।
बिहान उठेर नुहाइधुवाइ गर्नेदेखि पूजापाठ, घाँस
काट्नेसम्मको नित्य कर्ममा लागिरहनुभएका बाटुलीले
अहिलेसम्म डाक्टरी औषधि सेवन गर्नुभएको छैन ।
'अहिलेसम्म ओखती खानुपरेको छैन, आफ्नो काम म आफैँ
गर्न भ्याउँछु,' बाटुलीले भनिन् 'मलाई हिँडडुल गर्न,
घाँस काट्न पनि केही गाह्रो भएको छैन।' कुनै ठूलो र
प्रभाव पार्ने रोग अहिलेसम्म शरीरमा नहरेको
बाटुलीले अझै तन्दुरुस्तीका साथ जीवन बिताउने
चिनेजानेकाहरुको अनुमान छ।
गत वैशाखमा गएको भूकम्पका बेला घरको फलैचामा
रहेकी बाटुलीलाई यो पालिको भूकम्पको पत्तै भएन
। बरु उनलाई ९० सालको भूकम्पले अहिलेसम्म
हल्लाइरहेको छ । 'यसपालिको भइँचालो त पत्तै भएन,
९० सालमा त बेस्सरी हल्लिएको थियो” बाटुलीले
भनिन् । उनले अहिलेसम्म नेपालमा भएका सबै
निर्वाचनमा भाग लिएकी छन्। पञ्चायतकालका सबै
निर्वाचनदेखि दोस्रो संविधानसभा निर्वाचनमा
समेत बाटुलीले उत्तिकै सक्रिय र उत्साहका साथ
मतदान गरेकी छन्। रासस
0 comments:
Post a Comment