भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । स्टेज कार्यक्रम एवं म्यूजिक
भिडियोहरुमा आफ्नो पुष्ट शरीर देखाएर चर्चामा
आउने गरेकी छिन् ज्योती मगर । स्वदेशमा होस् या
विदेशमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदा
उनको ड्रेसको चर्चा सबै भन्दा धेरै हुन्छ । किनकी
उनको हरेक डे्रस छोटो हुने गर्छ भने त्यछि छोटो
ड्रेसको कारण उनको जवानीले चर्चा पाउँछ ।
उनको छोटो ड्रेसको प्रभाव केबल स्टेजमा मात्रै
सिमित छैन । अब म्यूजिक भिडियो बनाएर चर्चामा
आउन चाहनेहरका लागि ज्योति आफैमा एउटा
सजिलो माध्यम बनेकी छिन् ।
‘कि रेखाको चल्छ कि देखाको …’ ज्योती
हाकाहाकी भन्छिन् । श्रीदेबी देबकोटा प्रकाश
कटुवालले गाएको गीत ‘ढाडे बिरालो’ मा अभिनय
गरेकी ज्योती गीतको शब्द अनुरुप भिडियोलाई
आकर्षक बनाउन छोटो लुगा लगाएको धारणा
राख्छिन ।
‘छोटो लुगा लगाउनु ज्योति मगरको रहर हैन, शब्द
लेख्ने र भिडियो निर्देशन गर्नेको वाध्यता हो ।’
उनले भनिन् । आफुले गीतको भाव अनुसार अभिनय
गरेको दाबी गर्ने ज्योतिले दर्शकको भावनाको पनि
कदर गर्नुपर्ने कुरा गरिन् ।
उनको भनाई अनुसार शब्दमा १८ वर्ष, तरुनीको बैंश
जस्ता प्रसंग राख्ने अनि भिडियोको मात्रै
आलोचना गर्ने चलन छ ।

0 comments:
Post a Comment