भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, साउन २३ । प्रहरी भर्नाको विषयलाई
लिएर एसएसपी रमेश खरेल फेरी विवादमा तानिएका
छन् ।
पहिला नियमवाली विपरीत परिक्षामा नम्बर
दिएको भनेर केही महिनाअघि विवादमा तानिएका
उनी पछिल्लो समय प्राविधिक विषयमा प्रवीणता
प्रमाणपत्र तह उत्तिर्ण गरेकालाई असई भर्नामा प्रबेश
निषेध गरेर विवादमा तानिएका हुन् ।
नेपाल प्रहरीमा यतीबेला असईको भर्ना खुलेको छ ।
प्रवीणता प्रमाणपत्र तह उत्तिर्ण गरेकाहरुले असईमा
प्रतिस्पर्धा गर्न सक्छन् । तर भरतपुर तालिम केन्द्रले
सिटिईभिटीबाट परिक्षा उत्तिर्ण गरेकाको फर्म
लिन अस्वीकार गरको छन् । जसकारण प्रहरीमा भर्ना
हुन चाहेका दर्जनौं युवा मर्कामा परेका छन् ।
सिटिईभिटीबाट प्रवीणता प्रमाणपत्र तह उत्तिर्ण
गरेकाहरुको पनि प्लसटु सरहै मान्यता हुन्छ ।
तर वास्तविकता नबुझी भरतपुर तालिम केन्द्रले
प्राविधिक विषय पढेकाहरुलाई भर्ना नलिएको हो ।
खरेल तालिम केन्द्रको प्रमुख तथा समादेशक हुन् ।
यसअघि प्रहरी नियमावलीविपरीत असईको
अन्र्तवार्तामा नम्बर दिएको कारण उनी विवादमा
तानिएका थिए । लोक सेवा आयोगले उनले लिएको
परिक्षा नै रद्द गराएको थियो । जसकारण दोस्रो
पटक परिक्षा संञ्चालन गर्नुपरेको थियो ।
खरेल गत वर्ष काठमाडौं परिसरमा रहदा विवादमै
तानिएर सरुवामा परेका थिए । एआईजी बढुवामा
आर्थिक चलखेल भएको कुरा सार्वजनिक रुपमा
बोलेपछि कारबाही स्वरुप उनलाई सरुवा गरिएको
थियो । भरतपुर तालिम केन्द्रबाट पनि उनको
सरुवाको तयारी भइरहेको छ । खरेलसहित दर्जनौं
एसएसपीहरुको सरुवाको तयारी भइरहेको छ ।
तर गृहमन्त्री वामदेव गौतम र आईजीपी उपेन्द्रकान्त
अर्यालबीच कुरा मिल्न नसक्दा सरुवा लम्बिएको छ ।
डिएसपी, एसपी र एसएसपीको सरुवामा गृहमन्त्री र
आईजीपीबीच कुरा मिल्न सकेको छैन । एआईजीहरुको
पनि जिम्मेवारी हेरफेरको तयारी भइरहेको छ । दृष्टि
साप्ताहिकबाट

0 comments:
Post a Comment