भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
के पुरुष विवाहपछि बदलिन्छन् ? यो प्रश्न स्वभाविक
मानिन्छ । यसमा सत्यता पनि उतिकै छ । हामीमध्ये
धेरैले यो सोच्छौं विवाहपछि महिला बदलिन्छन् ।
तर, यो पनि सत्य हो विवाहपछि पुरुषमा पनि
परिवर्तन आउँछ ।
वास्तवममा यो विवाहको सबभन्दा राम्रो पक्ष हो
। विवाहपछि स्त्री र पुरुष दुवै आफ्नो भूमिकामा
फिट हुने प्रयास गर्छन् र स्वयंमलाई विकसित गर्न
प्रारम्भ गर्छन । जब एक पुरुष बुवा बन्छ उ बाट धेरै
परिवर्तनको आशा गरिन्छ । पुरुष अधिक संवेदनशील हुदैं
जान्छन् ।
यहाँसम्मकी विवाहलाई आदर नगर्ने ब्यक्ति एक
छोरीको बुवा बन्ने बितिकै यी सबै कुरालाई
स्वीकार गर्न थाल्छन् । उ आफ्ना कोमल भावनालाई
जागृत गर्ने प्रयास गर्छ, जो कयौ वर्षदेखि दबिएको
हुन्छ ।
अतः एक सामजस्यपूर्ण विवाहमा पुरुष निश्चित रुपमा
संयममा हुन्छ । विवाहपछि उसको आक्रामक स्वभाव
पनि कम हुन थाल्छ । विवाहपछि पुरुषको स्वभावमा
आउने परितर्वनका विषयमा हालै गरिएको एक
अनुसन्धानमा पुरुष विवाहपछि एकदमै जिम्मेवार बन्ने
गरेको देखिएको छ । उक्त अनुसन्धानले विवाहले
पुरुषलाई जिम्मेवार बनाउने भूमिका निभाउने
देखाएको छ । विवाहअघि निस्पिmक्री रमाइरहेको
पुरुष विवाहपछि जिम्मेवारी लिन सुरु गर्ने गरेको
देखिएको छ ।
कुमार अवस्थामा पुरुष लापरवाही हुन्छ तर
विवाहपछि भने त्यस्तो देखिदैंन । उनीहरु पार्टीमा
जान कम गर्छन् । साथीहरुसँग पार्टीमा जाने लत
परेका युवकहरु विवाहपछि आफ्नी पत्नी र बच्चासँग
बस्न रुचाउछन् ।
विवाहपछि पुरुषमा काफी अरु परिवर्तन पनि देख्न
पाइन्छ । साथीको महत्व कम हुन्छ । विवाहभन्दा
पहिले साथीप्रति पूरै बफादारी निभाउने केटा
विवाहपछि त्यो बफादारी पत्नीसँग निभाउछ ।
यसै परिवर्तन कारण साथीहरु केही बेखुशी हुन सक्छ ।
विवाहपछि खर्चालु युवक पैसा बचाउन थाल्छ ।
यसप्रकार विवाहपछि पुरुषमा कयौं परिवर्तनहरु
देखिन्छन् ।

0 comments:
Post a Comment