भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं : ४९ जना यात्रु र पाँचजना चालक दलका
सदस्य बोकेकोे एउटा जहाज इन्डोनेसियाको पूर्वी
पपुवा प्रान्तबाट वेपत्ता भएको छ ।
५४ जना यात्रु लिएर उडेको आन्तरिक उडानको
इन्डोनेसियन जहाज आइतबार दिउँसो पपुवा क्षेत्रको
आकाशबाट वेपत्ता भएको हो ।
आन्तरिक उडानमा रहेको जहाज जयपुरा सेन्तानी
एयरपोर्टबाट ओक्सिबिलका लागि उडेको थियो ।
जयपुरा पपुवा प्रान्तको राजधानी समेत हो ।
जहाज स्थानीय समय अनुसार ५ बजेर २१ मिनेटमा
पपुवाको राजधानी सेन्तानीस्थित एयरपोर्टको
टावरको सम्पर्कमा थियो । ५ बजेर ५५ मिनेटमा
ओक्सिबिल विमानस्थलमा उत्रने तालिका रहेको
जहाज हराएपछि खोजी शुरु भएको छ ।
इन्डोनेसियाको नेशनल रिसर्च एन्ड रेस्क्यू एजेन्सीले
देशको पूर्वी क्षेत्रको पपुवास्थित आकाशमा अन्तिम
पटक सम्पर्क भएपछि जहाज बेपत्ता भएको हो ।
त्रिगाना एयरलाइन्सको सो जहाजजमा ४४ जना
बयस्क यात्रु, ५ जना बालबालिका र ५ जना चालक
दलका सदस्य रहेको पुष्टि रेस्क्यु सेन्टरका प्रमुख
बामबाङ स्वेलेस्ट्योले गरेका छन् ।
यसअघि गत डिसेम्बरमा इन्डोनेसियाको
सुराबायाबाट १६२ यात्रुसहित सिंगापुरका लागि
उडेकाे एयर एसियाको जहाज पनि दुर्घटनामा परेको
थियो ।
इन्डोनेसियामा हवार्इजहाजको उडान सुरक्षा
चिन्ताको विषय बन्दै गएपछि त्यहाँको सरकारले
सुरक्षा अवस्थाबारे समीक्षा गर्ने जनाएको थियो ।
गत जुलार्इमा पनि इन्डोनेसियन सेनाको जहाज
देशको उत्तरी क्षेत्रमा दुर्घटनामा पर्दा एक सय जना
मारिएका थिए ।

0 comments:
Post a Comment