Home » » वीरगञ्जमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ८ घाइते

वीरगञ्जमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ८ घाइते

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

१४ भदौ, वीरगञ्ज । वीरगञ्जमा संयुक्त लोकतान्त्रिक
मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच
झडप भएको छ । प्रहरीले स्कर्टिङ्ग गरेर गाडीहरु पास
गराउन खोज्दा आन्दोलनकारीले नगवा चोकमा
बाटो अवरुद्ध पारेपछि झडप भएको हो । झडपका
क्रममा आन्दोलनकारीले ढुंगामुढा गरेपछि प्रहरीले
अश्रुग्यासका साथै रवरको गोलीबाट हवाइ फायर
गरेको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २० राउण्ड
हवाई फायर गरेको छ भने ३० राउण्ड अश्रुग्यास
हानेको छ । प्रहरीले चलाएको रबर बुलेटको छर्रा
लागेर गहवा १० का कृष्ण पटेल घाइते भएका छन् ।
पटेलको हात र टाउकोमा छर्रा लागेको छ र उजको
नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जले जनाएको
छ । अन्य छ जनालाई पनि छर्रा लागेको छ ।
उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना
गरिएको छ ।
प्रहरीले स्कर्टिङ्ग गरेर गाडीहरु पार गराउन खोजेपछि
आइतबार रातिदेखि नै तनाव उत्पन्न भएको थियो ।
प्रहरीले लाठीचार्ज गर्दा राष्ट्रिय मधेश
समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेशमान
सिंह लगायत एक दर्जन प्रर्दशनकारी घाइते भएका
थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved