Home » » सनीको भाउ – दिनको दुई करोड

सनीको भाउ – दिनको दुई करोड

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं । पोर्न ( अश्लिल ) चलचित्रबाट बलिउड
चलचित्र उद्योगमा जमेकी सनी लियोनीको भाउ
हिजोआज निकै बढेको छ, नाम र दामका सन्दर्भमा ।
आफ्नो यही लोकप्रियतालाई पैसामा परिणत गर्न
उनी निकै माहिर पनि छिन् । उनका अश्लिल
चलचित्रमा अभिनय हेरेर मख्ख पर्नेमा भारतीय
दर्शकमात्र होईन बलिउड निर्माता तथा निर्देशकहरु
पनि छन् जसका कारण उनीहरु सनीलाई मागे जति
पारिश्रमिक दिन तयार हुन्छन् ।
सनीले हालै मात्र एक विज्ञापन फिल्ममा अभिनय
गर्न बलिउडका ए लिष्टका कलाकारहरुले लिने जति
पारिश्रमिक लिएकी छिन् । बताईए अनुसार सनीले
एक विज्ञापनमा अभिनय गरे वापत भा.रु.आठ करोड
पारिश्रमिक लिएकी छिन् ।
सनीले घाँटीको समस्यासँग सम्बन्धित औषधिको
विज्ञापनका लागि यति ठूलो पारिश्रमिक
लिएकी हुन् । सनीले प्रति दिन दुई करोड रुपियाँका
दरले चार दिनका लागि यो रकम लिएकी हुन् ।
‘ जिस्म २’ ,‘ रागिनी एमएमएस २ ’, ‘ एक पहेली
लिला ’, आदि जस्ता बलिउड चलचित्रमा अभिनय
गरिसकेकी सनीले आप्mना पछिल्ला चलचित्रहरुका
लािग समेत पारिश्रमिक बढाएकी छिन् । उनको
पारिश्रमिक बलिउडका महँगा अभिनेत्रीहरुकै जत्तिकै
भएको पनि बताईएको छ । भारतीय टेलिभिजनबाट
प्रसारण हुने ‘ बिग बाँस ’ को पाँचौं श्रृँखलामा
देखिएकी सनीले त्यसपछि बलिउड चलचित्रहरुमा
अभिनय शुरु गरेकी हुन् ।
बलिउड चलचित्रमा निरन्तर अभिनय गरिरहे पनि
सनीले पोर्न ( अश्लिल ) चलचित्र उद्योगसँग अझै
नाता तोडेकी छैनन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved