Home » » बुटवलमा आचरण विपरीत काम गर्ने सात प्रहरीलाई कारबाही

बुटवलमा आचरण विपरीत काम गर्ने सात प्रहरीलाई कारबाही

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बुटवल, ४ भदौ । प्रहरी अनुशासन र आचरण विपरीत
काम गर्ने सात प्रहरीविरुद्ध इलाका प्रहरी
कार्यालय बुटवलले अनुशासनको कारबाही सुरु गरेको
छ ।
अरुलाई अनुशासन र आचरणको पाठ सिकाउने प्रहरी
आफैँ आचरण विपरीत काम गर्न नहुने भन्दै प्रहरी
युनिटभित्रै शुद्धीकरणको अभियान सुरु गरेको प्रहरी
नायब उपरीक्षक महेन्द्र खड्काले जानकारी
गराउनुभयो ।
आफ्नो युनिट इलाका प्रहरी कार्यालय तथा
मातहतका कार्यालयमा कार्यरत प्रहरीलाई
अनुशासन र आचरणमा रहेर काम गर्न पनि उहाँले आग्रह
गर्नुभएको छ ।
प्रहरी आचरण र अनुशासनमा रहेर काम नगर्ने प्रहरीलाई
कारबाहीको दायरामा ल्याउने उहाँले बताउनुभयो

आइतबार बुटवलमा क्रियाशील पत्रकारसँग भेटघाट
तथा परिचयात्मक कार्यक्रममा पत्रकारले बुटवटको
शान्ति सुरक्षा, यहाँको लागुऔषध कारोबारको
बढ्दो समस्या, सो कार्यालयको सूचना प्रणाली
चुस्त बनाउन सुझाव दिएका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved