भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १२ भदौ । नेपाली कांग्रेसका केन्द्रीय नेता तथा सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजक खुमबहादुर खड्काले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको भनी विभिन्न संचारमाध्यममा समाचार आएकोमा कडा रुपमा प्रस्तुत भएका छन् ।
काठमाडौंको बिजुलीबजारस्थित आफ्नै सम्पर्क कार्यालयमा शुक्रबार दैनिक नेपालसँग कुरागर्दै खड्काले पूर्वराजासँग कयौं महिनादेखि आफूले भेटघाट नगरेको बताउनुभयो ।
‘पूर्वराजा ज्ञनेन्द्र शाह पनि यो मुलुकका नागरिक हुन्’, कांग्रेस केन्द्रीय सदस्य खड्काले भन्नुभयो, ‘आवश्यक पर्दा म लुकेर उहाँलाई भेट्ने छैन । सबै मिडियालाई खबर गरेर भेट्छु । गलत समाचार लेख्नु हुँदैन । पत्रकारिताको पनि धर्म हुन्छ ।’
नेता खड्काले अगाडि भन्नुभयो, ‘पूर्वराजालाई नभेट्दा यति ठूलो प्रोपोगान्डा गरिन्छ भने भेटेपछि कस्तो हुन्छ होला ?’ उहाँले आफ्नो बदनाम गर्नका लागि विरोधीहरूले पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेको भनेर हिन्दू धर्म राष्ट्र स्थापनाको आफ्नो अभियानलाई कमजोर पार्न खोजेको आरोप लगाउनुभयो ।
केही दिनअघि विभिन्न अनलाइन र पत्रपत्रिकाहरूले कांग्रेस केन्द्रीय सदस्य खड्काले पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेको समाचार आएका विषयमा दैनिकले नेपालले शुक्रबार जिज्ञासा राखेको थियो । तर, उहाँले पूर्वराजा ज्ञानेन्द्रसँग भेट भएको आरोपको खण्डन गर्दै पछिल्लो थुपै्र महिना यता कुनै भेट नभएको बताउनुभयो ।
0 comments:
Post a Comment