Home » » पाकिस्तानका रक्षामन्त्रीले दिए भारतलाई चेतावनी

पाकिस्तानका रक्षामन्त्रीले दिए भारतलाई चेतावनी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

१४ भदौ, एजेन्सी
पाकिस्तानको रक्षामन्त्री ‘ख्वाजा मुहाम्मद
आसिफ’ले आईतबार भारतलाई चेतावनी दिएका छन्।
यदि भारतले पाकिस्तानमा कुनै पनि तरिकाको
आक्रमण गर्न खोज्यो भने भारतले ठुलो नोक्सानि
बेहोर्ने छ, जुन वर्षौँसम्म पनि बिर्सन सक्ने छैन भन्दै
पाकिस्तानी रक्षा मन्त्रीले भारतलाई चेतावनी
दिएका हुन।
रक्षामन्त्री आसिफले भनेका छन् कि पाकिस्तानी
सेनाले आफ्नो देशको हरेक कुनाको रक्षा कुनै पनि
हालतमा गर्नेछन्। अहिले पाकिस्तानमा जारी
आतंकवादमा भारतको पनि ठुलो हात रहेको छ भन्दै
उनले भारतमाथि आरोप पनि लगाएका छन्।
पाकिस्तानको बलोचिस्तानमा भईरहेको
आन्दोलनको सहयोगार्थ पैसा र हतियार भारतले दिदै
आएको उनको आरोप थियो।
केहि दिन अगाडि सियालकोट बोर्डर नजिक रहेको
कुन्दनपुर गाँउमा भारतले आक्रमण सुरु गरेको थियो। यस
घटनालाई लिएर दुवै देशले एकअर्कालाई आरोप
लगाईरहेका छन्। यो आक्रमणमा ३ जना भारतीयको
मृत्यु भएको छ भने पाकिस्तानले आफ्नो ८ जनता
मारिएको बताएको छ।
आसिफले अब हुन लागेको संयुक्त राष्ट्र संघको
महासभामा पाकिस्तानमा भईरहेको भारतीय
हस्तक्षेपको ठोस प्रमाण प्रस्तुत हुने बताएका छन्।
उनको अनुसार, यसै सेप्टेम्बरमा हुने महासभा र
अक्टोबरमा हुने अमेरिकी भ्रमणमा पाकिस्तानी
प्रधानमन्त्री नवाज शरीफले यी प्रमाणहरु पेश गर्नेछन्।
उनले भारतीय गोप्य एजेन्सी ‘रअ’को पाकिस्तानमा
प्रष्ट हस्तक्षेप रहेको र उक्त एजेन्सीका केहि
कर्मचारीहरु पक्राउ परेको पनि बताएका छन्।
भारतले पाकिस्तानको यस्तो आरोपलाई नकार्दै
आएको छ। पाकिस्तानमा जारी आतंकवादको कारण
पनि पाकिस्तान नै रहेको र त्यसमा भारतको कुनै
हात नभएको कुरा भारतले बताउँदै आएको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved