Home » » १८ वर्षकी युवतीको कुकुरसँग विवाह

१८ वर्षकी युवतीको कुकुरसँग विवाह

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

भारतमा एक युवतीलाई अभागी भन्दैभाग्यमानी बनाउने भनेर गाउँलेले कुकुरसँग उनकोविवाह गरिदिएका छन् ।झारखण्डको अति पिछडिएको एक गाउँकी १८वर्षकी युवती मंगली मुण्डाको भब्य समारोह नैआयोजना गरि कुकुरसँग विवाह भएको हो ।मानिसबीचको विवाह समारोहमा कुनै सबैप्रक्रिया पुरा गरेर यो विवाह भएको हो ।बिबाहका लागि मुण्डाका बाबुले गाउँनजिकैबाट एउटा कुकुरलाई कारमा राखेरविवाह मण्डपमा ल्याएका थिए । बिबाहपछिकुकुर एउटा पाल्तु जनावरको रुपमा मुण्डाकैघरमा छ । ज्योतिषीले मुण्डाको भाग्यराम्रो नभएको र उनले मानिससँग विवाह गरेमाघर परिवारलाई राम्रो नहुने भविष्यबाणीगरेपछि गाउँका बुढापाकाले भेला नै आयोजनागरेर उनको कुकुरसँग विवाह गरिदिएका हुन् ।बेहुलीको भेषमा रहेको मुण्डाले यो विवाहबाटआफू खुसी नभएको बताईन् । तर गाउँका सबैले करगरेपछि विवाह गर्नु परेको उनले बताईन् । ‘मैंले एकदिन पुरुषसँग विवाह गर्ने छु’ उनले भनिन् ‘हरेकयुवतीले एक राजकुमारसँग विवाह गर्ने सपनादेखेका हुन्छन्, म मेरो राजकुमारलाई पर्खिरहेकोछु ।’ गाउँलेले कुकुरसँगको विवाहले उनको भाग्यराम्रो हुने तर जीवनमा कुनै असर नपर्ने बताएकाछन् । कुकुरसँग विवाह गरेपछि अब उनलाई अरुपुरुषसँग विवाह गर्न छुट भएको गाउँलेले बताए ।भारतका ग्रामीण क्षेत्रमा अशिक्षाकाकारण यस्ता कुरीति र रुढिवादी कुरामाविश्वास गर्ने धेरै छन् । मुण्डा पनि त्यहीरुढिवादीको मारमा परेर कुकुरसँग विवाह गर्नबाध्य भएकी हुन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved