Home » » दुई आनाको घडेरीमा घर बनाउन नपाइने...

दुई आनाको घडेरीमा घर बनाउन नपाइने...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, ३१ साउन । दुई आनाको घडेरी किनेर घर बनाउने सुर गर्नेहरुका लागि दुःखद खबर छ । सरकारले तीन आनाभन्दा कम क्षेत्रफल भएका घडेरीमा घर निर्माण गर्न स्वीकृति नदिने भएको छ । शहरी विकास मन्त्रालयले तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइएको भवन निर्माण तथा शहरी विकास निर्देशिकामा सो व्यवस्था भएको मन्त्रालय स्रोतले बताएको  छ ।

स्रोतका अनुसार कम क्षेत्रफलमा सानो बेस (आधार) भएका अग्ला घर बनाउने परिपाटी निरुत्साहित गर्न त्यस्तो व्यवस्था गरिएको हो । त्यसैगरी एक मिटरभन्दा बढी माटो भनेर प्लटिङ गरी तयार गरिएको घडेरीमा पनि घर बनाउन स्वीकृति नदिइने प्रावधान निर्देशिकामा छ ।

पछिल्लो समय भिरालो जमीन सम्याएर तयार गरिएको घडेरीमा घर बनाउने प्रवृत्ति बढेको छ । तर, त्यस्ता स्थानमा बनेका घर कमजोर हुनुका साथै जुनसुकै बेला भासिएर दुर्घटना हुनसक्ने जोखिम बढेकाले निर्देशिकामा सो व्यवस्था गरिएको स्रोतले बतायो । आर्थिक अभियान

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved