भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
टीकापुर, १० भदौ । हिंसात्मक घटना भएको तीन
दिनपछि कैलालीको टीकापुरमा विहीबार
सुरक्षाकर्मीले गोली चलाएको छ ।
स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु अवज्ञा
गरेको भन्दै सुरक्षाकर्मीले गोली चलाउँदा टीकापुर
नजिकैको दुर्गौलीमा एक जना घाइते भएका छन् ।
घाइते हुनेमा कैलाली फलेविसनका जगत देवकोटा
रहेका छन् ।
कर्फ्यु अवज्ञा गरेको भन्दै सुरक्षाकर्मीले उनीमाथि
गोली चलाएको थियो । उनलाई उपचारका लागि
टीकापुर अस्पताल लगिएको छ ।
गत सोमबार नेपाल प्रहरीका एसएसपीसहित मारिने
गरी टीकापुरमा भएको हिंसात्मक घटनापछि
सरकारले कैलालीका विभिन्न ठाउँमा सेना
परिचालन तथा कर्फ्यु लगाएको छ ।

0 comments:
Post a Comment