Home » » काे हुन गुजरात हल्लाउने २२ वर्षीय हार्दिक ?

काे हुन गुजरात हल्लाउने २२ वर्षीय हार्दिक ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बिहीबार १० भाद्र, २०७२
अहमदाबाद– २२ वर्षीय हार्दिक पटेलले पटेल
समुदायलाई आरक्षणको माग गर्दै सुरु गरेको
आन्दोलनका कारण गुजरात अस्थिर भएको छ ।
हार्दिकको आन्दोलनका कारण विगत दुई दिनदेखि
लगातार कर्फ्यू लगाइएको छ भने नौ जनाले आफ्नो
ज्यान गुमाइसकेका छन्।
स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन
गरिएको छ । दुई महिना अगाडि अपरिचित हार्दिक
अहिले पुरै भारतभर चर्चित भएका छन् । निके
महत्वकाक्षी २२ वर्षीय हार्किकको परिवार र उनका
गुरुलाई भने उनी एक दिन चर्चित बन्ने थाहा थियो ।
भारतीय संचारमाध्यमका अनुसार उनी अन्य मानिस
भन्दा अगल देखिन्थे । उनको जन्म २० जुलाई १९९३ मा
अहमदाबादको वीरम गाउँमा बुवा भरतभाईर आमा
उषाबेनको घरमा भएको हो । स्कुलको पढाइ गाउँको
दिव्यज्योत स्कुल र केबी शाह हाइयर सेकेन्डरी
स्कुलमा भएको हो । दार्हिकलाई पढाउने शिक्षकका
अनुसार उनको पढाइ औषत थियो भने क्रिकेटमा भने
विलक्षण प्रतिभा । स्कुल र कलेजमा हार्दिकको
स्वभाव अन्र्तमुखी भएपनि नेतृत्व क्षमतामा भने गजवको
थियो ।
स्कुल कलेजमा कुनै कार्यक्रम वा क्रिकेट खेलमा सधैं
हार्दिक अगाडि देखिन्थे । हार्दिकमा आमा
उषबेनका अनुसार उनी निडर स्वभावका छन् । उनले
कसैको विषयमा कुनै गुनासो गरेका छैनन् । जस्तोसुकै
समस्या आफैं सुल्झाउँछन् । क्रिकेटर मैदानदेखि
आरक्षणको मञ्चसम्मको यात्रा तय गरेको हार्दिकको
यात्रा भने घरबाटै सुरु भएको थियो । हार्दिककी
बहिनी मोनिकाको १२ कक्षामा ८४ प्रतिशत
आएपनि राज्यले दिने छात्रबृत्ति उनले पाइनन् ।
यसबाट हार्दिकलाई दुःख लाग्यो ।
अझ मोनिकाका ८१ प्रतिशत ल्याउने साथीले
छात्रबृत्ति पाएको थाहा पाएपछि उनले आफूँलाई
रोक्न सकेनन् । मोनिकाका अनुसार उनी जिल्ला टपर
थिइन् र नियम अनुसार छात्रवृत्ति आफूले पाउनुपर्ने
थियो । मलाई दिइएन तर मेरी साथीले भने पाए ।
यही कुराबाट हार्दिकले आरक्षणको मुद्दा उठाए र दुइ
महिनामा आन्दोलनले गुजरात अस्थिर भएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved