भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, श्रावण २२ । वैज्ञानिकहरुले नेपाल र
भारतको केही क्षेत्रमा ठूलो भूकम्पको जोखिम कायमै
रहेको बताएका छन् । नेपालमा बैशाख १२ गते गएको
७.८ म्याग्निच्युटको भूकम्पपछि गरिएका विभिन्न
अध्ययनहरुले अझै शक्तिशाली भूकम्पको जोखिम कायम
रहेको देखाएका हुन् ।
भौगर्भिक विज्ञानसम्बन्धी पत्रिका जियो साईन्स
र साईन्सले दाबी गरेअनुसार बैशाख १२ गतेको भूकम्पले
यो क्षेत्रको जमिनमुनी सञ्चित सबै शक्तिलाई प्रवाह
गर्न सकेको छैन । तर उक्त भूकम्पले यो शक्तिलाई केही
पश्चिमतर्फ धकेलेको बताइएको छ ।
अध्ययनमा सामेल वैज्ञानिक प्रोफेसर जाँ फिलिप
अभोवाकलाई उद्धृत गर्दै बीबीसीले लेखेअनुसार
नेपालको पोखराबाट पश्चिमदेखि भारतको
दिल्लीबाट उत्तरसम्म शक्तिशाली भूकम्पको जोखिम
बढेको छ । यो क्षेत्रमा विशेष सतर्कता र पूर्व
सावधानी अपनाउनुपर्ने उनको भनाई छ ।
वैशाख १२ को भूकम्पले जमिनमुनि जम्मा भएको
शक्तिको केही हिस्सा मात्रै बाहिर ल्याएको
अध्ययन प्रतिवेदनको दाबी छ । योजत्रै वा योभन्दा
पनि ठूलो शक्तिको हिस्सा भूकम्पको केन्द्रविन्दु
भएको गोरखाको बारपाकभन्दा पश्चिमतर्फ सरेको
वैज्ञानिकहरुको दाबी छ ।

0 comments:
Post a Comment