भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
धरानः किरात याक्थुम चुम्लुङका केन्द्रिय अध्यक्ष
उत्तमसिंह थाम्देनले अरुण पूर्वका नौ जिल्लालाई
लिम्बुवान राज्य घोषणा नगरिए कैलाली भन्दा ठूलो
आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
विहीवार धरानमा लिम्बुवान आन्दोलनबारे
जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै
उनले लिम्बुवानलाई कमजोर ठानिए कैलालीमा
भन्दा ठूलो आन्दोलन चर्काउने चेतावनी दिएका हुन् ।
चारदलका नेताले पूर्वाञ्चलका सप्तरी र
सिराहाबाहेक १४ जिल्लालाई समेटेर १ नम्बर प्रदेशको
खाकाप्रति चुम्लुङले असहमति जनाएको छ ।
‘अरुण पूर्वका नौ जिल्लालाई मात्र लिम्बुवान राज्य
घोषणा गर्नुपर्छ’, अध्यक्ष थाम्देनले भने, ‘हामी
अर्काको अधिकार खोस्न अन्य जिल्लामा जाने
छैनौँ ।’
लिम्बु समुदायहरुको जातीय संस्था किरात याक्थुम
चुम्लुङले संविधान निर्माणका क्रममा रहेको बेला
राजनैतिक अधिकारको कुरा समेत उठाएको छ ।
चुम्लुङले लिम्बुवानप्राप्तको आन्दोलन सुरु गरेको संघीय
लिम्बुवान पार्टी नेपाल सहितसँग मोर्चाबन्दी गरेर
लिम्बुवान कब्जाको आन्दोलन सुरु गरेको छ ।
धरानको भानु चोकमा पाल टाँगेर लिम्बुवान
कब्जाको शान्तिपूर्ण आन्दोलन सुरु गरेको लिम्बुवान
सर्घष समितिले शान्तिपूर्ण आन्दोलनको माध्यमबाट
पनि लिम्बुवान राज्यसहितको संविधान जारी
नगरिए लिम्बुवानमा अर्को जनआन्दोलन सुरु गर्ने पनि
थाम्देनले चेतावनी दिए ।
ऐतिहासिकताका आधारमा अरुण पूर्वका सुनसरी,
मोरङ, झापा, इलाम, पाचथर, ताप्लेजुङ, संखुवासभा,
तेह्रथुम र धनकुटा जिल्लालाई मात्रलिम्बुवान राज्य
घोषना गर्नुपर्ने माग चुम्लुङले पनिमाग गरेको छ ।
पत्रकार सम्मेलनमा चुम्लुङका महासचिव प्रेम येक्तेनले
लिम्बुवानको अधिकार प्राप्तीको आन्दोलनमा
सरिक हुन लिम्बुवानका नौ जिल्लाकै
सर्बसाधारणलाई आव्हान गरिएको बताए ।
उनले सेना परिचालनले राजनैतिक समस्या
समाधाननहुने बताउँदै कैलाली लगायतका जिल्लामा
सेना परिचालन गरिएकोमा आपत्ती जनाएका छन् ।
उनले देशभर भैरहेको सामाजिक सद्भाव खल्बलिने
कार्यक्रम नियन्त्रण गर्नुपर्ने समेत माग गरेका छन् ।
0 comments:
Post a Comment