Home » » होटलमा रात बिताउने जागिरका लागि यसरी झुम्मिए युवतीहरु

होटलमा रात बिताउने जागिरका लागि यसरी झुम्मिए युवतीहरु

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

जागिर पनि कस्ता कस्ता ! होटलको कोठामा रात
बिताउनुपर्ने । चीनको चांग्सा होटल ग्रुपले अहिले
युवतीहरुका लागि यस्तो अनौठो जागिरको
दरखास्त खुलाएको छ ।
यो जागिरमा छनोट हुने युवतीहरुको समूहले फरक फरक
होटलमा रात गुजार्नुपर्नेछ ।
त्यसरी होटलको कोठामा रात गुजारिसकेपछि
युवतीहरुले आफ्नो अनुभव शेयर गर्नुपर्छ । के को अनुभव ?
भन्नुहोला । धेरै टाढा र नराम्रो सोँच्नुपर्दैन ।
होटलको कोठामा रात बिताउने युवतीहरुले
होटलको सेवा, सुविधा, कर्मचारीहरुको व्यवहार
लगायतका विषयमा आफ्नो अनुभव बताउनुपर्नेछ । यो
कामका लागि ती युवतीहरुलाई राम्रो तलब पनि
मिल्नेछ ।
कति होला तलब ? साँच्ची निकै आकर्षक पो छ त ।
यसरी होटलको कोठामा रात बिताउने जागिर
खाने युवतीहरुले तलब बापत महिलाको झण्डै डेढ लाख
रुपैयाँ कमाउँछन् । जागिरमा एक वर्ष पूरा गरेपछि झण्डै
४० लाख थप बोनस पनि पाउँछन् ।
यो जागिरमा विज्ञापनका क्रममा होटल
व्यवस्थापनले आफ्ना स्टाफहरुलाई जनावरको
पहिरनमा सजाएको थियो । ता की यस्तो
विज्ञापन शैलीबाट धेरै भन्दा धेरै युवतीहरु यो
जागिरका लागि आकषिर्त होउन् ।
तर होटलमा रात गुजार्ने जागिर युवतीहरुका लागि
उतिसारो सजिलो भने हुनेछैन । किनकी एकजनाले एक
महिनामा कम्तिमा पनि १० फरक फरक होटलमा रात
बिताउनुपर्नेछ । त्यसपछि हरेक बिहान आफ्नो होटल
अनुभवको बारेमा ५ हजार शव्दको प्रतिवेदन तयार गरेर
होटल व्यवस्थापनलाई बुझाउनुपर्नेछ । उक्त रिपोर्टमा
आफ्नो अनुभव सँगै होटलका सबै सेवा सुविधा, बेड
साइज, फर्निचर ब्राण्ड लगायतका सुक्ष्म कुराहरुको
बारेमा पनि उल्लेख गर्नुपर्नेछ ।
अगष्ट ७ मा भएको अन्तरवार्ताका क्रममा हुनान
प्रान्तस्थित चांग्सा सहरको होटल परिसरमा
जागिरका लागि दरखास्त दिएका युवतीहरुको भिड
लागेको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved