भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बाँके, श्रावण २६ – घरजग्गा र सम्पत्तिसहित पत्नी
अर्कैसँग हिँडेपछि वैदेशिक रोजगारीका लागि
मलेसिया गएका नेपालगन्ज २४ का दानबहादुर शाही
निकै तनावमा छन् । दु:ख, सुखमा साथ दिने पत्नीले
धोका दिएपछि उनलाई ठूलो धक्का पुगेको हो ।
नेपालगन्ज उपमहानगरपालिकाभित्र पर्ने लाखौँ
मूल्यको घर अरू कसैको भइसकेको रहेछ । हाल उनी
छोरीसहित आफन्तको घरमा बस्न बाध्य छन् । अर्कैसँग
श्रीमती लागेको खबर पाएपछि उनी अघिल्लो
सातामात्रै मलेसियाबाट नेपालगन्ज फर्किएका हुन् ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।
‘जसको खुसीका लागि पैसा कमाउन विदेश गएँ उसैले
मेरो सर्वस्व लुट्यो । विदेशमा दु:ख गरी कमाएर
पठाएको पैसा र घरजग्गा सबै लुटी’ न्यायका लागि
प्रहरीमा दौडधुप गरिरहेका उनले भने, ‘घरमा राखेको ८
तोला सुनका गहना, आइफोन, ल्यापटप सबै लगिन् ।
छिमेकीसँग मेरो नाममा ७ लाख ऋण पनि लिएकी
रहिछन् ।’ विदेश जानुअघि शाही नेपालगन्जको एक
गैरसरकारी संस्थामा काम गर्थें । धेरै पैसा कमाउने
आशामा ५ वर्षअघि वैदेशिक रोजगारीका लागि
मलेसिया गएँ, श्रीमती रुक्माकुमारी र एक छोरीलाई
घरमै छोडेर । तीन–तीन महिनामा उनले विदेशबाट
पैसा पठाउँथे । ५ वर्षमा १५ लाख ५० हजार
श्रीमतीलाई पठाएको उनले बताए ।
विश्वास गरेरै घरजग्गा श्रीमतीकै नाममा राखेका
थिए । तर पति विदेश गएपछि रुक्माले उक्त घरजग्गा
आफ्नो आमाको नाममा पास गरेर बैंकबाट लोन
लिइएको छ । जुन जग्गा बैंकले पैसा तिर्न नसकेको भन्दै
लिलामीमा राखेको छ । उनी बागेश्वरी २
खजुराका सोमनबहादुर पाण्डेसँग दोस्रो विवाह गरेर
त्यही घरमा बस्दै आएकी थिइन् ।
‘श्रीमतीका बारेमा छिमेकीबाट टीकाटिप्पणी हुन
थालेपछि आत्तिएर कसैलाई थाहै नदिई गत आइतबार घर
फर्किए । घर पुग्दा नसोचेको दृश्य आफ्नै आँखा अगाडि
देख्नुपर्यो । सोमनबहादुर र श्रीमती मेरै घरमा थिए । म
पुगेको थाहा पाउने बित्तिकै दुवै जना भागे,’
दानबहादुरले भने,‘ ‘विदेशबाट जोडेको सम्पत्तिले घरमा
सुखसँग जीवन बिताउँला भनेको उल्टो सबै वर्वाद
भइसक्यो ।’
0 comments:
Post a Comment