भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, भदौ १४ ।
राष्ट्रपति रामवरण यादवले केही दिनअघि एक
अनलाईनमा छापिएको एमाले अध्यक्ष केपी शर्मा
ओलीको अन्तरवार्ताको प्रिन्ट कपी मगाए । त्यो
अन्तर्वार्तामा ओलीले सुई घोच्ने डाक्टरले
राजनीतिक दलका निर्णयमा अनावश्यक
टिकाटिप्पणी गर्न नसुहाउने आसयको अभिव्यक्ति
दिएका थिए ।
सो अन्तर्वार्ता पढेपछि यादवले ‘सार्वजनिक रुपमा
प्रयोग गर्न नमिल्ने अश्चिल शब्द निकाल्दै ‘मादर ….
केपी ओलीलाई म देखाउँछु, कसरी प्रधानमन्त्री हुने
रहेछ,’ भन्दै शीतल निवासमै रडाको मच्चाएको सुरक्षा
स्रोतले जनाएको छ ।
त्यसको केही दिनपछि भारतीय राजदूतावासले पनि
ऋषि धमलामार्फत् त्यो अन्तर्वार्ताको
खोजीनीति गरेको थियो । त्यो अन्तर्वार्ता
बोकेर हिँडेका कांग्रेस सभासद अमरेशकुमार सिंहले केपी
ओलीलाई प्रधानमन्त्री बन्न नदिन आफू पार्टीको
केही नेताहरुको लाइन अनुसार नै हिँडिरहेको बताएका
थिए ।
स्रोतका अनुसार, ओली विरुद्ध राजदूतावासदेखि
साउथ ब्लकसम्म कुरा लाउने टिम पनि
शीतलनिवासबाटै परिचालन गरिएको छ । एमाले
अध्यक्ष ओलीसँग यादव रुष्ट हुनुको कारण भने त्यो
अन्तवार्ता अघिकै घटना हो ।
खासमा कांग्रेससँग सरकारमा जाने बेलामा एमाले
कांग्रेसबीच भएको सात बुँदे सहमतिमा एमालेले
राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदले अनुमोदन गर्नुपर्ने
उल्लेख्य गराएको थियो । त्यहीँदेखि राष्ट्रपति
एमाले र ओलीविरुद्ध नियोजित रुपमा विभिन्न समूह
उचाल्ने पछार्ने खेलमा लागेका हुन् ।
साँघु साप्ताहिकमा खबर छ ।

0 comments:
Post a Comment