Home » » कुन प्रदेशमा को प्रभाशाली नेताः मुख्य मन्त्री को बन्न सक्छ ? (सम्भावित अनुहार)

कुन प्रदेशमा को प्रभाशाली नेताः मुख्य मन्त्री को बन्न सक्छ ? (सम्भावित अनुहार)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

२६ साउन, काठमाडौं ।
देश संघीयतामा प्रवेश गर्दै गर्दा प्रदेश विभाजनको
शुरुवाती चरण निक्कै विवादित बनेको छ । जिल्ला
जिल्लामा फरक फरक माग राखेर संमाङ्कनको
विरोध भैरहेको छ । कतै जिल्ला टुक्राएको विरोध त
कतै विशेष प्रदेश नपाएको गुनासो । नेताहरुले
संघीयताको विभाजन शुरुवाती भएको र यसलाई
परिमार्जन गर्न सकिने भन्दै आन्दोलन थामथुम पार्ने
कोशिस पनि गरेका छन् । यद्यपी यो प्रतिक्रिया
यसै साम्य हुने संकेत भने देखिएको छैन ।
जे होस प्रदेश विभाजन हुँदा त्यहाँ रहेका साधन
श्रोत तथा दुर्वल र सवल पक्ष केलाउँदै गर्दा त्यहाँ बन्ने
प्रदेश सरकार र मुख्यमन्त्रीका सम्भावित
उम्मेदवारका चर्चा समेत शुरु भएका छन् । देश
संघीयतामा गएपछि अव राजनीति पनि विकेन्द्रित
हुने छ भने हरेक कुरामा केन्द्रमुखी भएका राजनीति
गर्नेहरु पनि विकेन्द्रित हुनेछन् । खासमा भन्दा
संघीयताको सही विकाश हुन सक्यो भने देशले नयाँ
नयाँ नेतृत्व पाउने सम्भावना पनि छ । अहिले
भारतमा प्रधानमन्त्री बनेका नरेन्द्र मोदी कुनैबेला
गुजरातको मुख्यमन्त्री थिए । गुजरातकै सफलताबाट
उनी भारतको प्रधानमन्त्री बन्ने वातावरण बनेको
हो ।
अहिले केन्द्रमा राजनीति गरिरहेकाहरु आफ्ना
प्रदेशमा फर्केर राजनीति गर्दा त्यहाँको परिदृष्य
कस्तो होला भन्ने अनुमानहरु शुरु भएका छन् ।
४ प्रमुख दलका शीर्ष नेताले विभाजन गरेको देशको
नक्शामा ६ प्रदेशमा को नेताहरु प्रभावशाली छन् त
जो भविष्यमा त्यहाँको राजनीतिमा मुख्य पद
ओगट्न सक्छन् ? ६ प्रदेशको पछिल्लो खाका अनुसार
प्रदेशमा मुख्यमन्त्री देखि मन्त्री सम्मका दावेदारहरु
को हुन सक्लान त ?

प्रदेश नम्बर १
प्रदेश नम्बर एक हालका एमाले अध्यक्ष केपी शर्मा
ओली देखि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला
एवं मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका
अध्यक्ष विजय गच्छदार सम्मका नेताले प्रतिनिधित्व
गर्ने प्रदेश हो । त्यति मात्र होइन मधेशका सबैभन्दा
विद्रोही नेता उपेन्द्र यादव देखि एमाले छोडेर नयाँ
पार्टी बनाएका अशोक राइ पनि यही प्रदेशमा छन्
। यो प्रदेशमा एमालेका बरिष्ठ नेता झलनाथ खनाल
देखि कांग्रेकी सुजाता कोइराला र हाल बनमन्त्री
रहेका महेस आचार्य तथा सञ्चार मन्त्री मिनेन्द्र
रिजाल समेत अटाएका छन् । नेताहरुको उपस्थिति
हेर्दा यो प्रदेशमा राजनीतिक मुख्य पदमा राम्रै
भिडन्त हुने देखिन्छ ।
नेपाली कांग्रेसबाट महामन्त्री कृष्णप्रसाद
सिटौला, शेखर कोइराला, कुलबहादुर गुरुङ, महेश
आर्चाय, सुजाता कोइराला, मिनेन्द्र रिजाल,
रामहरि खतिवडा, आमोदप्रसाद उपाध्याय यो
प्रदेशका प्रमुख राजनीतिक खेलाडी हुने देखिन्छ ।
त्यस्तै चुनावी राजनीतिमा कमजोर मानिएपनि
विश्व प्रकाश शर्मा पनि यो प्रदेशका राम्रा
राजनीतिज्ञ मानिन्छन् ।
त्यस्तै नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली,
बरिष्ठ नेता झलनाथ खनाल, सभाध्यक्ष एवं सभामुख
सुवास नेम्बाङको प्रदेशमा युवा नेता योगेश भट्टराई,
भीम आचार्य, रकम चेम्जोङ लगायतका नेता प्रमुख
दावेदार छन् । रविन कोइराला जस्ता युवा नेता
पनि यो क्षेत्रमा उदाउन सक्छन् ।
एमाओवादीबाट भने यो प्रदेशमा खासै
प्रभावशाली नेता छैनन् । युवा नेतामा हेमराज
भण्डारीको भविष्य देखिन्छ भने पाका नेतामा राम
कार्की, गोपाल किराँती, टंक आङवुहाङ, धर्मशीला
चापागाँइ लगायत देखिन्छन्।
मधेश र आदिबासी जनजातिबाट यो प्रदेशमा उपेन्द्र
यादव, विजयकुमार गच्छदार, अशोक राइ छन् भने
नेकपा एमालेका सिपी मैनाली पनि यहिँका हुन् ।

प्रदेश नम्बर २
प्रदेश नम्बर २ एमालेका बरिष्ठ नेता माधवकुमार
नेपालको क्षेत्र हो भने यही क्षेत्रमा राजेन्द्र महतो र
जेपी गुप्ता देखि सरिता गिरी एवं शरतसिंह
भण्डाली सम्म अटाएका छन् । वर्तमान राष्ट्रपति
रामबरण यादवको प्रदेशमा एमाओवादीका प्रमुख
सचेतक गिरीराजमणि पोखरेल पनि छन् । क्षेत्रीय
राजनीति हावी भएमा यो क्षेत्रमा मधेशीको
वर्चश्व हुने सम्भावना देखिन्छ । यो क्षेत्रमा भारत
परस्त भनिने अमरेसकुमार सिंह देखि सन्त मधेशी नेता
मानिने महन्त ठाकुरले राजनीति गर्नेछन् ।
नेपाली कांग्रेसबाट यो क्षेत्रमा विमलेन्द्र निधी,
प्रदीप गिरी, चित्रलेखा यादव, अमरेश सिंह, आनन्द
ढुंगाना लगायका नेता छन् । त्यस्तै एमालेबाट माधव
कुमार नेपाल, धर्मनाथ साह, रधुवीर महासेठ
लगायतका नेता राष्ट्रिय राजनीतिमा
चिनिइसकेका छन् ।
एमाओवादीको खासै बलियो उम्मेदवार नदेखिने यो
प्रदेशमा प्रमुख सचेतक गिरीराजमणि पोखरेल,
विश्वनाथ साह, एमालेबाट एमाओवादी बनेका
रामचन्द्र झा र प्रभु साह प्रमुख खेलाडी हुने देखिन्छ ।
मधेशबाट भने यो क्षेत्रमा महन्त ठाकुर, राजेन्द्र महतो,
लक्ष्मणलाल कर्ण, जीतेन्द्र देव, शरदसिह भण्डारी,
सरिता गिरि, जेपी गुप्ता, राजकिशोर यादव
सम्मका प्रभावशाली खेलाडी देखिन्छन् । समग्र
विश्लेषण गर्दा यो क्षेत्रमा मधेशी राजनीति
गर्नेहरुको पकड हुने देखिन्छ ।

प्रदेश नम्बर ३
प्रदेश नम्बर ३ नेपाली राजनीतिक प्रमुख खेलाडी
मध्ये १ एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
देखि गणेशमान पुत्र प्रकाशमान सिंह र सँधै अर्थमन्त्री
हुने रामशरण महत, प्रकाशचन्द्र लोहनी हुँदै इश्वर
पोखरेल र विद्या भण्डारी सम्मको क्षेत्र हो ।
त्यति मात्र होइन यही प्रदेशमा प्रत्यक्ष
कार्यकारीको वकालत गर्ने एकमात्र कांग्रेस युवा
नेता गगन थापा र राप्रपा नेपालका कमल थापा
पनि अटाएका छन् भने राप्रपाका अध्यक्ष पशुपति
समसेर जवराको प्रदेश पनि यही हो । राजधानी
प्रदेश समेत समेटिएको यो प्रदेश देशकै सबैभन्दा सशक्त
राजनीतिक भिडन्त हुने ठाउँ बन्ने निश्चित छ । यहाँ
राजनीति गर्नेहरु केन्द्रीय राज्यको दावेदार मात्र
नभएर समग्र देशकै राजनीतिमा प्रभाव राख्ने ब्यक्ति
बन्न सक्छन् ।
यो प्रदेशमा नेपाली कांग्रेसबाट डा राशरण महत,
प्रकामान सिंह, अर्जुननरसिंह केसी, प्रकाशशरण महत,
गगन थापा, नरहरि आर्चाय, नवीन्द्रराज जोशी
प्रमुख राजनीतिक खेलाडी देखिन्छन् ।
त्यस्तै एमालेबाट महासचिव इश्वर पोखरेल राजेन्द्र
पाण्डे र सुरेन्द्र पाण्डे मात्र नभएर हाल उद्योगमन्त्री
रहेका महेश बस्नेत पनि राजनीतिक खेलाडी बन्न
सक्नेछन् । एमालेकै कृष्णगोपाल श्रेष्ठ, भरतमोहन
अधिकारी, अमृत बोहरा, अष्टलक्ष्मी शाक्य, पशुपति
चौलागाई, महेश बस्नेत, गंगालाल तुलाधर र विद्या
भण्डारी पनि यो प्रदेशमा प्रभाव राख्ने ब्यक्तित्व
हुन् ।
एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
प्रमुख खेलाडी देखिनेछन् भने बाबुराम पत्नि
हिसिलाको क्षेत्र पनि यही हुनेछ । त्यस्तै अग्नि
सापकोटा, लिलामणि पोखरेल, हरिवोल गजुरेल,
देवि खड्का, सुर्यमान दोङ, हितबहादुर तामाङ र
ससी श्रेष्ठ पनि केन्द्र प्रदेशमा दावेदार रहने देखिन्छ ।
त्यसैगरी राप्रपा नेपालका कमल थापा, राप्रपाका
पशुपति शमसेर जवरा र प्रकाशचन्द्र लोहनीको
राजनीतिक थलो पनि यो केन्द्र प्रदेश बन्ने छ ।
त्यसैगरी अहिले प्रक्रिया बाहिर रहेको नेकपा
माओवादीका उपाध्यक्ष सिपी गजुरेलको क्षेत्र पनि
यही हो ।

प्रदेश नम्बर ४
प्रदेश नम्बर ४ मा सबैभन्दा खतरनाक राजनीतिक
खेलाडी एमाओवादीका बाबुराम भट्टराई देखिन्छन्
। त्यस्तै कांग्रेस उपसभापति रामचन्द्र पौडेल तथा
एमाले युवा नेता रविन्द्र अधिकारी र संघीयताका
घोर विरोधी चित्रबहादुर केसी र हालको सबै
प्रक्रियाका घोर विरोधी नेकपा माओवादीका
देव गुरुङको क्षेत्र पनि यही हो । एमाओवादीकै
उपाध्यक्ष नारायणकाजी श्रेष्ठको क्षेत्र मात्र
होइन पुराना भ्रष्टाचारी ठहर भएका नेता
चिरञ्जिवी वाग्ले र एमालेका प्रभावशाली पृथ्वी
सुब्बा गुरुङ पनि यही क्षेत्रमा पर्छन् ।
यो क्षेत्रमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल,
चरञ्जिवि वाग्ले, चीनकाजी श्रेष्ठ, गोपालमान
श्रेष्ठ, कमला पन्त लगायतका नेता राष्ट्रिय
राजनीतिमा चिनिएका छन् ।
त्यस्तै नेकपा एमालेबाट रविन्द्र अधिकारी, खगराज
अधिकारी, पृथ्वी सुब्बा गुरुङ लगायतको
राजनीतिमा प्रभाव देखिन्छ । यिनीहरुनै क्षेत्रीय
राजनीतिमा पनि प्रमुख खेलाडी बन्न सक्छन् ।
एमाओवादीबाट सबैभन्दा प्रभावाशाली
राजनीतिक बाबुराम भट्टराई देखिन्छन् भने उनकै
सहयोगी देवेन्द्र पौडेलको क्षेत्र पनि यही हो ।
त्यस्तै दिननाथ शर्माको क्षेत्र पनि यही पर्छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले
संघीयताको विरोध गरेपनि यही प्रदेशबाट
राजनीति गर्नेछन् ।

प्रदेश नम्बर ५
प्रदेश नम्बर ५ तुलनात्मकरुपमा हेवी वेट
राजनीतिज्ञको बाहुल्य रहेको क्षेत्र हो । यो
क्षेत्रमा कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशीद्य
कोइराला देखि उपप्रधानमन्त्री तथा एमाले
उपाध्यक्ष बामदेव गौतम र एमाओवादीका
महासचिव कृष्ण बहादुर महराको क्षेत्र भएका कारण
पनि यो प्रदेश हेवीवेट भिडन्तको थलो बन्न सक्छ ।
त्यति मात्र होइन उर्जामन्त्री बनेर हाइ हाइ बनेका
गोकर्ण विष्ट, हिन्दु धर्मको मुद्धा उचालेका
भ्रष्टाचारी ठहर पूर्वमन्त्री खुमबहादुर खडका,
एमालेका प्रदीप ज्ञवाली र माओवादीमा वर्षमान
पुन देखि टोपबहादुर रायमाझीको प्रदेश पनि यही
हो । हुन त केन्द्रीय राजनीतिमा स्थापित
यिनीहरु भन्दा नयाँ अनुहार नै क्षेत्रीय
राजनीतिमा उदाउने सम्भावना हुन्छ तर पनि यी
नेताको क्षेत्रीय राजनीतिमा समेत प्रभाव रहने
देखिन्छ ।
यो प्रदेशमा कांग्रेसबाट सुशील कोइराला,
खुमबहादुर खड्का, शासांक कोइराला, बालकृष्ण
खाँड, दीप कुमार उपाध्याय प्रमुख खेलाडीमा
देखिन्छन् ।
त्यस्तै एमालेबाट बामदेव गौतम, गोकर्ण विष्ट, प्रदीप
ज्ञवाली, घनश्याम भुसाल, बिष्णु पौडेल, युवराज
ज्ञवाली, शंकर पोखरेल, छविलाल विश्वकर्मा, ठाकुर
गैरे तथा युवा नेतृ रामकुमारी झाँक्रीको वर्चस्व हुनेछ

एमाओवादीमा भने सबैभन्दा माथि कृष्णबहादुर महरा
हुनेछन् भने त्यसपछि वर्षमान पुन, टोपबहादुर
रायमाझी, जर्नादन शर्मा, नन्दकिशोर पुन, लोकेन्द्र
विष्ट, चन्द्रप्रसाद खनाल, हेमन्त वली, गणेशमान पुन,
रेखा शर्मा, कालीबहादुर खाम, ओनसरी घत्र्ती,
दलजीत श्रीपाली लगायतका नेता देखिन्छन् ।
त्यस्तै हाल विद्रोहमा रहेका नेत्र विक्रम चन्द
विप्लवको प्रदेश पनि यही हो । त्यति मात्र होइन
यो क्षेत्र नेपाली कम्युनिष्ट इतिहासमा सबैभन्दा
ठूला प्रतिपक्ष नेता मोहन बैद्यको क्षेत्र पनि हो ।

प्रदेश नम्बर ६
प्रदेश नम्बर छमा पनि हाल केन्द्रीय राजनीतिमा
प्रभुत्व जमएकाहरुको उपस्थिति छ । अखण्ड सुदुरपश्चिम
स्थापित गर्न सफल कांग्रेस बरिष्ठ नेता शेरबहादुर
देउवा देखि एमाले उपाध्यक्ष भीम रावल सम्मको
क्षेत्र यही हो । त्यस्तै एमाओवादीका लेखराज भट्ट र
शक्ति बस्नेत पनि यो प्रदेशमा प्रभावशाली
राजनीतिक खेलाडी बन्न सक्ने देखिन्छ ।
यो क्षेत्रमा कांग्रेसबाट शेरबहादुर देउवा, उनकै पत्नि
आरजु देउवा, पूर्णबहादुर खड्का, रमेश लेखक, एनपी साउद
र दिलेन्द्र प्रसाद बडु केन्द्र राजनीतिका खेलाडी हुन्

एमालेबाट भीम रावल, उर्वादत्त पन्त र कर्णबहादुर
थापाको नाम आउँछ भने एमाओवादीबाट लेखराज
भट्ट, खगराज भट्ट, शक्ति बस्नेत, कालीबहादुर मल्ल,
टेकराज भट्ट र रेणु चन्द सम्मका अनुहार प्रभावशाली
देखिन्छन् ।
यहाँ उल्लेख गरिएका केन्द्रिय राजनीतिमा
चिनिएका अनुहार मात्र छन् । क्षेत्रीय हिसावले
प्रदेशको राजनीतिमा आफ्नै हिसावले नयाँ
अनुहारको उदय हुने अपेक्षा बढी गरिएको छ ।
क्षेत्रीय प्रदेशबाट उदाएका प्रभावशाली अनुहारहरुले
क्रमशः केन्द्रसम्म पुग्दा मात्र देशले नयाँ नेता पाउन
सक्ने सम्भावना छ । मुख्य मन्त्रीका लागि भने केन्द्रमै
प्रभाव जमाएका नेताहरु समेत तयार हुने निश्चित छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved