भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
वीरगञ्जस्थित मकालु होटलमा बसिरहेका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो कर्फ्यूको अवज्ञा गर्दै कार्यकर्तासहित नारायणी उपक्षेत्रिय अस्पताल पुगेका छन् ।
भाद्र १५, २०७२- वीरगञ्जमा कर्फ्यू तोड्न खोज्नेमाथि प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् । वीरगञ्जको गण्डक चोकमा प्रहरीले आज विहान साढे ७ बजे गोली चलाएको थियो । प्रहरीको गोली लागि १० वर्षीय दीपेश पटेल र सन्दीप पटेल घाइते भएका छन् । उनीहरुको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भइरहेको छ ।
वीरगञ्जमा हिजो दिउँसो ४ बजेदेखि अनिश्चितकालिन कर्फ्यू लागेको छ । अहिले पनि विभिन्न स्थानमा कर्फ्यू अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ ।
वीरगञ्जमा हिजो प्रदर्शनकारी र प्रहरीबीचको झडपमा एक जनाको मृत्यु भएको थियो ।
वीरगञ्जस्थित मकालु होटलमा बसिरहेका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो कर्फ्यूको अवज्ञा गर्दै कार्यकर्तासहित नारायणी उपक्षेत्रिय अस्पताल पुगेका छन् ।

0 comments:
Post a Comment