भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १५ भदौ । संघीय राज्यको
सिमाङ्कनलाई लिएर असन्तुष्ट थारु समुदायले जारी
आफूहरूको आन्दोलनको आज समीक्षा गर्दैछन् ।
काठमाडौंमा बस्ने थारुहट/थारुवान संयुक्त संघर्ष
समिति, केन्द्रीय परिचालन समितिको बैठकले
आन्दोलनका विषयमा समीक्षा र थप प्रभावकारी
बनाउने विषयमा छलफल हुने थारु नेतृ रुक्मिणी
चौधरीले जानकारी दिनुभयो ।
सरकारले दुई पटक पठाएको वार्ताको पत्रले थारुले
उठाएका मागलाई सम्बोधन नगरेकाले आन्दोलन थप
सशक्त बनाउने तयारी गरेको उहाँले बताउनुभयो ।
‘हामी वार्ता विरोधी होइनौँ’, उहाँले भन्नुभयो,
‘सरकारले वार्ताका लागि प्रारम्भीक तयारी पनि
गरेन । सरकारलाई माग पूरा गराउन दवाव दिने उदेश्यले
तराईमा जारी आन्दोलनलाई थप सशक्त बनाउने
तयारीमा छौँ ।’
संघर्ष समितिको बैठकले तराईमा आज मध्यरातदेखि
सक्किन थालेको बन्दको कार्यक्रमलाई लम्बाउने र
अन्य कार्यक्रमहरू पनि थप गर्ने तयारी गरेको स्रोतको
भनाइ छ ।
थारु कल्याणकारिणी सभाका पूर्व अध्यक्ष
राजकुमार लेखीले पनि सरकारले थारु आन्दोलनलाई
वेवास्ता गरेको आरोप लगाउनुभएको छ ।
उहाँले आफूहरू वार्ताका लागि तयार हुँदा पनि
सरकारले न्युनतम शर्त पूरा नगरेको भन्दै आक्रोश व्यक्त
गर्नुभयो ।

0 comments:
Post a Comment