Home » » कृष्ण भगवानको पुजाआजा गरेर जन्माष्टमी घरघरमा मनाइदै...

कृष्ण भगवानको पुजाआजा गरेर जन्माष्टमी घरघरमा मनाइदै...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौँ, भदौ १९ । आज भाद्र कृष्ण अष्टमी ।
भगवान् श्रीकृष्णको जन्म दिनको अवसरमा
नेपाल अधिराज्यभर हिन्दु धर्मालम्बीहरूले
भगवान् श्री कृष्णको पूजाआजा गरी
मनाइरहेका छन् ।
ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता
कृष्ण जन्माष्टमी मङ्गलबार भाद्र
कृष्णाष्टमीका दिन मनाइँदैछ । द्वापरयुगको
अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा
कृष्णको जन्म भएको सम्झनामा आजको दिन
यो पर्व मनाउने गरिएको जनविश्वास छ ।
मामा कंसलगायतको अत्याचारबाट
मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव
र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ
अवतारका रुपमा श्रीकृष्णको जन्म भएको
धार्मिक विश्वास छ । धार्मिक ग्रन्थमा
उल्लेख भएअनुसार कृष्णले पापका पर्याय बनेका
कंसको बध गरी हजुरबुबा उग्रसेन, मातापिता
देवकी एवम् वासुदेवलाई कारागारमुक्त गरेका
थिए ।
बाल्यकालदेखि नै विचित्रलीला देखाएका
कृष्णले गोपिनी र राधाजस्ती किशोरीसँग
गरेको प्रेमप्रसङ्गका कारण यो महिना
प्रेमोत्सव अर्थात् झुलनोत्सव०का रुपमा पनि
मनाउने गरिन्छ । अन्याय, अत्याचार र दानवी
प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने
उद्देश्यले विष्णुले मानिसका अवतारका रुपमा
श्रीकृष्ण भई धरतीमा अवतरण गरेको मानिन्छ ।
कृष्णले आजीवन सत्यका पक्षमा रही सत्कर्मका
लागि मानव समुदायलाई पे्ररित गरेका थिए ।
कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको
धर्मयुद्धमा सत्यका पक्षमा रहेका पाँच
पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा
कृष्णले युद्धको शिक्षा थिए ।
मानव जातिलाई सुरक्षित पारी धर्मको
रक्षाका लागि धरतीमा अवतरित कृष्णले कंस,
जरासन्ध र शिशुपाल आदि दानवी
प्रवृत्तिलाई अन्त्य गरेका थिए । उनले
श्रीमद्भागवत् गीतामा भनेका छन्, “यदा यदा
हि धर्मस्य ग्लानिर्भवति भारतः
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।”
पाटनको मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिर,
काठमाडाँैको पूर्वी भेगस्थित गोठाटारमा
रहेको नवतनधाम, बूढानीलकण्ठस्थित कृष्ण
भावनामृत सङ्घको मन्दिर, हाँडीगाउँस्थित
पीपलबोटभित्र रहेको कृष्णमन्दिरलगायत तथा
देशभरका अन्य कृष्ण मन्दिरमा पूजा आराधना
एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण
जन्माष्टमी पर्व मनाउने गरिन्छ ।
सो पर्वका अवसरमा महिलाहरू व्रत बसी
राति कृष्ण जन्मिएको सम्झनामा पूजाआजा
गर्ने र रातभर जाग्राम बसेर नाचगान तथा
कृष्णको भक्ति सङ्गीत गाउँछन् । यसो गरेमा
श्रीकृष्ण प्रसन्न भई मनोवाञ्छित फल प्राप्त हुने
धार्मिक विश्वास छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved