भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बर्दिया, १९ भदौ । बर्दियामा आन्दोलनरत थरुहट/
थारुवान संघर्ष समितिका कार्यकर्ताहरूसँगको
झडपमा परी एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ
। प्रहरी हवल्दारको मृत्यसँगै अनेक प्रश्नहरू उब्जिएका
छन् । हत्या कसले गर्यो ?
काठमाडौंबाट सदरमुकाम गुलरिया आउँदै गरेका २ वटा
यात्रुबहाक बसमाथि शुक्रबार मैनापोखरमा रहेका
आन्दोलनकारीले ढुंगामुडा गर्न खोजेपछि भएको झडप
गम्भीर घाइते प्रहरी हवल्दार देवबहादुर पाण्डेको
उपचारार्थ नेपागञ्ज लैजादै गर्दा मृत्यु भएको हो ।
उहाँ मैनापोखर इलाका प्रहरी कार्यालयमा
कार्यरत हुनुहुन्थ्यो । अवरोध हटाउने क्रममा ठूलो
संख्यामा रहेका आन्दोलनकारी र प्रहरीबीच
धकेलाधकेल भएपछि सडकको नजिकै रहेको मकैबारीबाट
गोली हानिएको जिल्ला प्रहरी कार्यालय
बर्दियाले दाबी गरेको छ ।
प्रहरीको दाबीलाई थारु आन्दोलनकारीले भने ठाडै
अस्वीकार गरेका छन् । उनीहरूले आन्दोलनमा घुसपैठ
भएको बताउँछन् । तर घुसपैठकमा को संलग्न छ कसैलाई
थाहा छैन ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख
प्रहरी उपरीक्षक गोविन्दराम परियारले
मकैबारीबाट हानिएको गोली मृतक पाण्डेको
दायाँ खुट्टाको घुँडामा लागेर देब्रे तीघ्रासम्म पुगेको
बताउनुभयो । उहाँले भन्नुभयो, ‘गोली लागेपछि
गम्भीर घाइते भएका पाण्डेको अत्याधिक रक्तश्रावले
मृत्यु भयो ।’
प्रहरी हवल्दार पाण्डेमाथि मकैबारीबाट गोली
हानिएको भएपनि स्थानीय प्रशासन र
आन्दोलनकारीहरूको भने आ–आफ्नै दावी छ ।
स्थानीय प्रशासनले आन्दोलनकारीका तर्फबाट नै
गोली हानिएको बताएको छ ।
झडप हुँदै गर्दा प्रहरीले बन्दुकको कुन्दाले
आन्दोलनकर्मीलाई हान्दै गर्दा बन्दुक आफै चलेर गोली
अर्को प्रहरीलाई लागेको थरुहट थारुवान संयुक्त संघर्ष
समिति बर्दियाका संयोजक गोविन्दप्रसाद थारुले
दावी गरे । संयोजक थारुले भने, ‘शान्तिपूर्ण
आन्दोलनमा रहेका आन्दोलनकारीको तर्फबाट गोली
हान्ने भन्ने कल्पना पनि गर्न सकिदैन ।’
प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले
आन्दोलनको नाममा पत्रिका जलाउने पत्रकारलाई
दुरब्यवहार गर्ने, त्यससँगै काठमाडौंबाट आएका रात्रि
वसमाथि ढुंगामुढा गर्न लागेपछि स्थिति
नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गरेको
बताउँदै प्रहरीमाथि आन्दोलनकारीबाट नै आक्रमण
गरेको बताउनुभयो ।
घटना स्थलको दक्षिणतर्फ मकैबारीबाट पेस्तोलको
गोली आएको र खोजतलास गर्दा गोलीको खोका
भेटिएको प्रहरीले जनाएको छ । साथै घटनाको
अनुसन्धान भइरहेको पनि प्रमुख जिल्ला अधिकारी
कुँवरले जानकारी दिनुभयो ।
के भन्छन् डिआजी केशब अधिकारी
घटनास्थल मैनापोखर आएका मध्यपश्चिम क्षेत्रीय
प्रहरी प्रमुख (डिआजी) केशब अधिकारीले पत्रकार
सम्मेलनमा घटना सुनियोजित भएको बताउनुभयो ।
डिआइजी अधिकारीले एक जनालाई टार्गेट गरी
हजारौलाई त्रसित बनाउने यस्ता खाले व्यक्ति तथा
समूहहरू सक्रिय रहेका छन् । यस अवस्थामा अहिले
भैरहेको आन्दोलनलाई प्रयोग गरिएको छ ।
घटना अपराधिक भएकोले अनुसन्धना गरी अगाडि
बढिसकेको छ । घटना गराएको आशंका अनुसन्धानको
लागि तीन जनालाई नियन्त्रणमा लिइएको छ ।
अनुसन्धानलाई प्रभाव पर्ने कारण नियन्त्रणमा
लिइएकाहरुको नाम सार्वजनिक गरिएन । घटनामा
संलग्न भएको तथ्य फेला परेपछि सार्वजनिक गरिनेछ ।
0 comments:
Post a Comment