Home » » सबैभन्दा ठूलो रक्तपातपूर्ण दिन : यमनमा संयुक्त अरब एमिरेट्स र बहराइनका ५० सैनिकको मृत्यु

सबैभन्दा ठूलो रक्तपातपूर्ण दिन : यमनमा संयुक्त अरब एमिरेट्स र बहराइनका ५० सैनिकको मृत्यु

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


भदौ १९ | रासस/एएफपी
अबुधाबी – यमनमा विद्रोही विरुद्ध
लडिरहेका संयुक्त अरब एमिरेट्स र बहराइनका
कम्तीमा पनि ५० जना सैनिकको शुक्रबार
विस्फोटनमा परी ज्यान गएको समाचारमा
जनाइएको छ ।
मारिनेमा संयुक्त अरब एमिरेट्स ९युएई० का ४५
जना र बहराइनका पाँच जना सैनिक परेका छन्

यमनमा साउदी अरेबियाको नेतृत्वको
सेनाद्वारा सुरु भएको कारबाहीको कयौँ
महिनापछि शुक्रबारलाई सबैभन्दा
रक्तपातपूर्ण दिनका रुपमा लिइएको छ ।
सैनिक पोष्टमा रहेका उनीहरुलाई
विद्रोहीले बम विस्फोट गराइ हत्या गरेका
जनाइएको छ भने एउटा अर्को समाचारअनुसार
उक्त दुर्घटना भुलबस भएको पनि भनिएको छ ।
यमनी सरकारले उक्त दुर्घटना भुलबस हुन पुगेको
भनेको छ । तर यमनमा सरकार विरुद्ध विद्रोह
गरिरहेको हुथी विद्रोही समूहले भने आफ्ना
लडाकूले ती सैनिकको हत्या गरेको जनाएका
छन् ।
हुथी विद्रोही समूहले आफ्ना विद्रोहीले
रकेट प्रहार गरी सैनिकको हत्या गरेको
जानकारी सार्वजनिक गरेको छ ।
युएइका युवराज शेख मोहमद बिन जायद अल
नयनले यमनमा भएको अन्यायका विरुद्ध
आफ्नो देशले निरन्तर रुपमा सहयोग गरिरहने
प्रतिक्रिया दिनुभएको छ ।
युएइले पनि गएको वर्षदेखि यमनमा सुरु भएको
विद्रोहीहरुका विरुद्धको युद्धमा
सघाइरहेको छ । साउदी अरेबियाले नेतृत्व
गरेको सैनिक कारबाहीमा उसको पनि
सम्लग्नता रहेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved