भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
पहारी भन्छन्–पार्टी कार्यालय जलाउने,
अस्थिरता मच्चाउनेलाई छाड्दैनौं
काठमाडौं, १७ भदौ । नेकपा एमालेको भातृ युवा संघ
नेपालले सामाजिक सद्भाव तथा राष्ट्रिय एकता
खलबल्याउन खोज्नेविरुद्ध देशव्यापी युवा परिचालन
गरेको छ ।
बुधबार अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि
एमाले भातृ संगठनहरुका सदस्यहरु त्यस्ता तत्वहरुविरुद्ध
मैदानमा उत्रिएका हुन् । विहीबार एक विज्ञप्ती
जारी गर्दै युवा संघ नेपालका महासचिव राजीव
पहारीले नेकपा एमालेका पार्टी कार्यालय जलाउने,
देशमा अस्थिरता मच्चाउनेहरुलाई युवा संघले नछोड्ने
चेतावनी दिनुभयो ।
‘सामाजिक सद्भाव तथा राष्ट्रिय एकता
खलबल्याउन चाहने, नयाँ संविधान घोषणा गर्न नदिन
वातावरण विथोल्ने, समृद्ध नेपाल निर्माण गर्न नदिने
र जातीय, धार्मिक तथा क्षेत्रीय साम्रदायिकता
भड्काएर मुलुकलाई तहसनहस गर्न चाहने तत्वहरुको विरुद्ध
हाम्रो अभियान सुरु भएको छ,’ उहाँले भन्नुभयो-‘समृद्ध
नेपाल निर्माणका निम्त युवा संघले देशव्यापी रुपमा
युवाहरुलाई परिचालन गरेको हो ।’
उहाँले यस्ता तत्वहरुको विरुद्धमा उत्रिन सम्पूर्ण
जनतालाई आह्वान गर्नुभयो । यसैबीच समाजिक
सञ्जालबाट सद्भाव भड्काउने तथा विभिन्न नेताहरु
चरित्र हत्या गर्ने आङकाजी शेर्पालाई प्रहरीले
पक्राउ गरेको कदमको युवा संघले स्वागत गर्दै
राष्ट्रद्रोहको मुद्दा लगाउन सरकारसँग माग गरेको छ
।
नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई मार्छु, काट्छु
भनेर स्यालहुइयाँ मच्चाउने राजकुमार लेखीलाई तुरन्त
पक्राउ गरी कारवाही गर्न पनि युवा संघले सकारसँग
माग गरेको छ । ‘यस्ता अतिवादी तत्वहरु (जस्ले
भाला हातहतियार लिएर प्रदर्शन गरिरहेको
छन्)विरुद्ध युवाले संशक्त प्रतिरोध गर्नेछ ।’ उहाँले
भन्नुभयो ।
समयमै संविधान निर्माण, समृद्ध नेपाल निर्माण गर्ने
नेपाली जनताको चाहनालाई साकार पार्न युवा
संघले जस्तोसुकै अवरोधको सामना गर्ने उहाँको भनाई
छ । ‘आम नेपालीको वर्षेदेखिको सपनालाई जुनसुकै
हालतमा पूरा गर्ने वातावरण सिर्जना गर्छाैं,
त्यसको लागि विरोधीलाई धपाउने, कारवाही गर्ने
काम किन नहोस् सबै कदमहरु चाल्छौं’ महासचिव
पहाडीले भने ।

0 comments:
Post a Comment