भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भारतको भन्दा दश गुणा ठूलो संविधान बन्छ
काठमाडौं, १९ भदौ । सामान्य प्रशासनमन्त्री
लालबाबु पण्डितले सबैले अगाडि सारेको माग
संविधानमा समेटिने हो भने नेपालको नयाँ बन्ने
संविधान भारतको भन्दा पनि दश गुणा ठूलो हुने
बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज (शनिबार) आयोजना
गरेको साक्षात्कारमा उहाँले मधेशको अधिकांश
मागहरू मुल रुपमा सम्बोधन भइसकेकोले अब नमिलेका
कुराहरू विस्तारै पछि मिल्दै जाने बताउनुभयो । उहाँले
सीमाङ्कनमा रहेका असन्तुष्टिहरू आयोग बनाएर
सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
मन्त्री पण्डितले भन्नुभयो, ‘सीमाङ्कनमा देखिएका
असन्तुष्टि विज्ञहरूको आयोग बनाएर सम्बोधन गर्नुपर्छ
। अहिले सात प्रदेशरहेको संविधान जारी गर्नुपर्छ ।’
सडकबाट संविधान घोषणा गरेर लागू हुन नसक्नेभन्दै
अहिले संविधान जारी गर्न लोकतन्त्र, गणतन्त्र र
संघीयतावादीहरू एक ठाँउमा उभिनु पर्ने पण्डितले
बताउनुभयो ।
मन्त्री पण्डितले अहिलेसम्म डीभी र पीआर लिने
कर्मचारीहरूमध्ये जागिर छाड्न चाहेका र
छाडिसकेकाको संख्या ६२ पुगिसेकेको बताउनुभयो ।
उहाँले अहिलेसम्म डीभी, पीआर त्याग्नेको संख्या १०,
परिवारसँग डीभीपीआर भएको जानकारी दिने ७,
परित्याग गर्न चाहेको १० र जागिरबाट
राजीनामा दिनेको संख्या ४ रहेको उहाँले
बताउनुभयो ।
उहाँले संयुक्त सरकारको बाध्यतामा परेकोले अहिले नै
पेन्सन रोक्न नसकेको जानकारी दिँदै प्रहरी, सेना,
टेलिकम र विश्वविद्यालयसमेत पीआर र डीभीको
विषयमा परिपत्र गरिसकेको बताउनुभयो ।
मन्त्री पण्डितले सरकारी कर्मचारी भएर थरुहटको
आन्दोलनको नेतृत्व गरिरहेका धनीराम चौधरीलाई
कारवाहीको प्रक्रिया सुरु भइसकेको जानकारी
दिनुभयो । उहाँले भन्नुभयो, ‘सरकारी कर्मचारी
धनीराम चौधरीका विषयमा कारबाही प्रक्रिया
अघि बढेको छ । उहाँलाई बर्खास्तीसम्म हुन सक्छ ।’

0 comments:
Post a Comment