भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १९ भदौ । आज भन्दा करिब २० वर्ष पहिले
सुनिता दौनवर नाम की महिलाले करिब पाँच
महिनासम्म जून क्रूरता भोग्नुपर्यो त्यो संसारमै
अकल्पनीय छ ।
देह व्यापारको धन्धा गर्दै आएका केही मानिसले
उनलाई एक दिनमा ३०/३० जना पुरुषसँग शारीरिक
सम्पर्क राख्न बाध्य पारेका थिए । तर, आज सुनिता
यस्ता कैयौ विवश युवतीका लागि आशाको किरण
बनेकी छिन् ।
सुनिता जब मात्र १४ वर्षकी थिईन तब उनलाई
जागिरको प्रलोभनमा दलालहरुले नेपालबाट भारत पु
¥याएका थिए तर, जब उनी भारत पुगिन तब उनलाई
एउटा सानो अध्यारो कोठामा बन्द गरेर राखे ।
किनकी उनी अब दलालहरुको हातबाट वेश्यालयमा
पुगिसकेकी थिईन् ।
मुम्बई एक कोठाीमा बेचिएकी उनलाई पाँच
महिनासम्म सुत्न समेत नदिएर दिनरात ग्राहकको यौन
प्यास मेटाउन बाध्य पारियो । रातमा उनलाई
सुतेको भएपनि व्युझाएर ग्राहकसँग जबरजस्ती
शारीरिक सम्बन्ध राख्न लगाइन्थ्यो । उनले रातमा
पनि राम्रोसँग सुत्न पाउँदैनथी ।
त्यही बीचमा केही समयपछि उनलाई त्यहाँको पीडा
असह्य भयो । २४सैं घण्टा ग्राहकको यौन प्यास
मेटाउदा उनी थाकिसकेकी थिईन् । त्यही बेला
भाग्यले त्यो नर्कबाट बाहिर निस्कने एउटा बाटो
देखायो त्यो उनको लागि गर्व र सम्मान बाटो
सावित भयो । खबर अनुसार सुनिताले एक दिन
वेश्यालयबाट भाग्ने योजना बनाईन् जसमा उनी सफल
भइन् ।
डेली मेलमा छापिएको समाचार अनुसार, सुनिताले
जून दिन आफूलाई यो नर्कबाट निकालिन त्यही दिन
उनले कसम खाइन कि आफूजस्तै बाध्य भएर यस्तो नर्कमा
फसेका महिलाहरुको सहारा बन्ने र उनको जीवनलाई
सुधार्ने ।
अहिले नेपालका भूकम्प पीडित महिला तथा
युवतीको जीवन बचाउँदै
नेपालमा भूकम्प आएदेखि देह व्यापारमा लागेका
दलालहरु पुनः सक्रिय भएका छन् । यो समयमा
दलालहरु भूकम्प पीडित परिवारका महिला तथा
युवतीहरुलाई जागिरको प्रलोभन दिएर उनीहरुलाई
भारतको वेश्यालयमा पु¥याउन कसरत गरिरहेका छन् ।
तर, डरलाग्दो यातना भोगिसकेकी नेपाली चेली
सुनिता यी पीडित परिवारका छोरीहरुका लागि
एक आशाकी किरण बनेर काम गरिरहेकी छिन् ।
सुनिता नेपालका ती युवती र महिलाहरुलाई
वेश्यावृत्तिको दलदलबाट निकाल्न मद्दत गरिरहेकी
छिन्, जसलाई कुनै न कुनै प्रलोभन देखाएर उनीहरुको
यौन शोषण गरिँदैछ । जून युवतीहरुका परिवारजनले
केही पैसाको लोभमा उनीहरुलाई देह व्यापारका
लागि बेचेका छन् सुनिता त्यस्ता युवतीहरुको पूरानो
सम्मानजनक जिन्दगी फिर्ता गरिदिने प्रयासमा
जुटेकी छिन् ।
यस्तो काम गर्ने सोच सुनितालाई कसरी आयो ?
उनी भन्छिन्–‘मेरो बारेमा जब एक बौद्ध
भिक्षिकालाई थाहा भयो तब उनले धेरै प्रयास गरेर
मलाई मुम्बईको वेश्यालयबाट मुक्त गराए, त्यसपछि
मलाई नेपाल ल्याएर मेरा परिवारसँग भेटाइदिए ।
त्यसपछि मलाई लाग्यो बौद्ध भिक्षिका जस्तै मैले
पनि अन्य युवतीहरुको जिन्दगी बचाउनुपर्छ ।’
सुनिताले अहिले एक शक्ति समूह नामको एनजीओ
चलाइरहेकी छिन् । जसको माध्यमबाट उनी नेपाली
चेलीहरुलाई वेश्यावृत्तिमा फस्नबाट बचाउने प्रयास
गरिरहेकी छिन् । अहिलेसम्म उनले सयभन्दा बढी
नेपाली चेलीहरुलाई वेश्यालयबाट घर फर्काएकी छिन्
।
– एजेन्सीको सहयोगमा

0 comments:
Post a Comment