Home » » वीरगञ्जमा आन्दोलनकारीले प्रहरी चौकीमा बम हाने, चार जनाको मृत्यु....

वीरगञ्जमा आन्दोलनकारीले प्रहरी चौकीमा बम हाने, चार जनाको मृत्यु....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


वीरगञ्ज, १५ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी
मोर्चाका कार्यकर्ताले वीरगञ्जका प्रहरी
चौकीमा बम हानेका छन् ।
सोमबारदेखि तनावग्रस्त वीरगञ्जमा
आन्दोलनकारीले सोमबार साँझ र मंगलबार स्थानीय
प्रहरी चौकी र विटमा पेट्रोल र सुतली बम हानेको
प्रहरीले जनाएको छ । आन्दोलनकारीको पेट्रोल र
सुतली बम प्रहारबाट श्रीपुर र नगवा प्रहरी चौकीमा
क्षति भएको छ । बम आक्रमणमा केही प्रहरी सामान्य
घाइते भएका छन् ।
सोमबार स्थानीय प्रशासनले लगाएको कर्फ्यू तोड्दै
प्रदर्शनमा उत्रिएका बन्दकर्ताले प्रहरी चौकीमा
पेट्रोल र सुतली बम प्रहार गरेका हुन् । पर्साका प्रहरी
उपरीक्षक दिवेश लोहनीने श्रीपुरमा प्रहरीमाथि
हाते बम फालिएको र केही प्रहरी सामान्य घाइते
भएको जानकारी दिनुभयो । ‘प्रदर्शनकारीहरु घरेलु
हतियारसहित आक्रमणमा उत्रिएका छन्,’ उहाँले
भन्नुभयो ।
चार प्रदर्शनकारीको मृत्यु
स्थानीय प्रशासनले लगाएको कर्फ्यू तोड्दै प्रदर्शनमा
उत्रिएका मोर्चाका ४ आन्दोलनकारीको प्रहरीको
हवाई फायरमा मृत्यु भएको छ । जिल्ला प्रहरी
कार्यालय पर्साका प्रहरी प्रमुख एसपी दिवेश
लोहनीले कर्फ्यू तोड्ने क्रममा वीरगञ्जमा चार जना
आन्दोलनकारीको मृत्यु भएको जानकारी दिनुभयो ।
प्रहरीको गोली लागेर मृत्यु हुनेमा पर्सा मनरियाका
धर्मराज सिंह, दिनानाथ साह, सोहन साह कलवार र
भोला साह कानु रहेका छन् । झडपमा घाइते केहीको
अहिले उपचार भइरहेको छ ।
यसअघि सोमबार पनि वीरगञ्जमा प्रहरीको गोली
लागेर दिलिप सिंह चौरसियाको मृत्यु भएको थियो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved