Home » » पति ‘नामर्द’ भएपछि सासुले बुहारीलाई भनिन्- ‘जेठाजूसँग यौनसम्पर्क राख’

पति ‘नामर्द’ भएपछि सासुले बुहारीलाई भनिन्- ‘जेठाजूसँग यौनसम्पर्क राख’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


भदौ १५ गते
एजेन्सी । जनपदको बावल क्षेत्रमा एक महिलाले
ससुराली परिवारमाथि गम्भीर आरोप लगाउँदै
आफ्ना पतिलाई ‘नामर्द’ भएको आरोप लगाएकी
छिन् । जसका कारण गाउँ पञ्चायतले दुबैबीच सम्बन्ध
विच्छेद गर्ने सम्झौता गराएको छ । यसको साथै
महिलाले जेठाजू माथि यौन दुव्र्यवहार गरेको तथा
ससुरालीमाथि दाइजो नल्याएको भन्दै यातना
दिएको आरोप पनि लगाएकी छिन् । उनले यो
विषयमा कसौला थाना पुलिसमा उजुरी दर्ता
गराएकी छिन् ।
पुलिसमा दर्ता भएको उजुरीमा नवविवाहिता
महिलाले भनेकी छिन् कि गत मे महिनामा उनको
विवाह कनीना क्षेत्र निवासी सञ्जीतसँग भएको
थियो, तर उनका पति ‘नामर्द’ निस्किए ।
विवाहको केही दिनपछि विवाहित महिला माईत
गइन् । माईतीले उनलाई सम्झाई बुझाई लोग्ने जस्तोसुकै
भएपनि स्वीकार गर्नुपर्छ भनेर ससुराल घर पठाए ।
आरोप छ कि जून दिन ती महिला ससुराल गईन् उसै
दिन रातमा उनका जेठाजू सुनील कोठामा आएर
उनीसँग शारीरिक सम्पर्क राख्ने प्रयास गरे । उनका
अनुसार यो कुरा सासुलाई सुनाउँदा सासु तथा
परिवारका अन्य सदस्यहरु पनि उनलाई जेठाजूसँग अवैध
सम्बन्ध राख्न दबाब दिन थाले ।
त्यसपछि दुबै पक्षबीच सामाजिक पञ्चायतमा सम्बन्ध
विच्छेद गर्ने सम्झौता भयो, विवाहको सामाग्री
फिर्ता दिने र ६ लाख ४० हजार रुपैया फिर्ता दिने
सहमति भयो । तर, ससुराली पक्षले यो सहमतिलाई
कार्यान्वयन गर्न आलटाल गरे । त्यसपछि यो मुद्दा
प्रहरीमा पुगेको हो । पुलिसले यौन शोषण, घरेलु
हिंसा र यातना ऐनमा ससुराली पक्षविरुद्ध मुद्दा
दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved