भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
यो दुनिया विचित्रताले नै भरिएको छ । धेरै देशमा
धेरै यस्ता घटना तथा चिजहरु हुन्छन् जसको हामीले
कल्पना पनि गर्न सकिँदैन । के तपाइँले कहिल्यै
भाडामा बच्चाबच्ची, भाडामै बावुआमा र भाडामै
ब्रा तथा पेन्टीका बारेमा सुन्नुभएको छ ? सायद छैन
होला ।
तर सूर्योदयको देश जापानमा भने तपाइँ हामीले सुन्दै
नसुनेको यो कुरा हुँदै आएको छ । जापानी साइट
रेन्टएवाइफओट्टावा डट कम नामक अनलाइन सपिंग
वेबसाइटमा हरेक प्रकारका चिज तथा हरेक प्रकारका
मानिस भाडामा उपलब्ध हुन्छन् । यो सपिंग साइटले
यस्ता यस्ता चिज ग्राहकलाई भाडामा उपलब्ध
गराउँछ जुन तपाइँले सोँच्न सम्म सक्नुहुन्न ।
यो अनलाइन सपिंग साइटले आफ्ना ग्राहकलाई
भाडामा उपलब्ध गराउने चिज यस्ता छन्ः
भाडामा साथीः तपाइँलाई साथीको आवश्यकता
छ तर आफ्नो साथमा कुनै साथी छैनन् भने यो
साइटमार्फत तपाइँले निश्चित भाडा तिरेर
अस्थायी साथी पाउन सक्नुहुन्छ । केटासाथी वा
केटी साथी जे चाहनुभयो त्यहीँ पाउन सक्नुहुन्छ ।
भाडामा श्रीमतीः यो सायद दुनियामै यस्तो
एउटामात्र साइट हो जसले भाडामा श्रीमती उपलब्ध
गराउँछ अनि घण्टाको हिसाबमा पैसा असुल्छ ।
भाडामा ब्रा पेन्टीः के भित्रीवस्त्र पनि कसैले
भाडामा लिएर लगाउलान् ? तर यो साइटले भने
भाडामै अन्तरवस्त्र उपलब्ध गराउँदै आएको छ र ग्राहकहरु
भाडामै लिन मरिहत्ते गरिरहेछन् । भाडामा बच्चाः
यो वेबसाइटले तपाइँको बच्चाको आवश्यकता पूरा
गरिदिन भाडामा बच्चा उपलब्ध गराउँछ ।
भाडामा होमवर्कः यदि आफ्ना बच्चालाई
विद्यालयबाट दिइएको होमवर्क गराउने समय
तपाइँसँग छैन भने यो वेबसाइटमार्फत छोराछोरीलाई
होमवर्क गर्न सिकाउने मानिस समेत तपाइँले भाडामा
पाउन सक्नुहुन्छ । यो वेबसाइटले भाडामा बुवाआमा
पनि उपलब्ध गराउँछ । बुवाआमा नभएकाहरुले निश्चित
रकम तिरेर निश्चित समयका लागि बुवाआमा
भाडामा लिएर भएपनि आफ्ना अभिभावकको झल्को
मेटाउन पाउनेछन् ।
0 comments:
Post a Comment