Home » , » अस्पतालमा नवजात शिशुको नाक मुसाले खाइदिएपछि…

अस्पतालमा नवजात शिशुको नाक मुसाले खाइदिएपछि…

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


अस्पतालमा उपचारका लागि ल्याइएको एक नवजात
शिशुको नाक मुसाले टोकिदिएपछि भारतको मध्य
प्रदेशस्थित धारको जिल्ला अस्पतालमा हालै ठूलै
तहल्का मच्चियो । यो घटनालाई लिएर अस्पतालले
अस्पतालको सिभिल सर्जन वार्डकी पालेलाई
बर्खास्त गर्नुका साथै एक स्टाफ नर्सलाई निलम्बन
गर्नुपरेको छ ।
केही समयपहिले एक निजि अस्पतालमा उक्त बच्चाको
जन्म भएको थियो । बच्चाको स्वास्थ्य निकै
बिगि्रएपछि उसका बावुआमाले उपचारका लागि
जिल्ला अस्पतालको बाल वार्डमा भर्ना गरेका
थिए । तर बच्चा उपचारकै क्रममा रहेको अवस्थामा
केही दिनअघि बच्चाको नाक मुसाले काटिदिएपछि
अस्पतालको लापरवाहीको विषय ठूलै चर्चाको
विषय बनिरहेको छ ।
यद्यपि अस्पतालले भने बच्चाको नाक मुसाले काटेको
कुरा अस्विकार गर्दै आएको छ । सिभिल सर्जन डाक्टर
गंगराडेले विरामी बालकको उपचार जारी रहेको र
उसको स्वास्थ्यमा निकै सुधार आइरहेको भन्दै उसलाई
मुसाले टोकेको भन्ने कुरा गलत रहेको बताएका छन् । तर
यस्तो गलत अफवाह रोक्न नसकेको भन्दै दुइ
कर्मचारीमाथि कारवाही गरिएको उनको दाबी छ
। कर्मचारीहरुले भने अस्पताल प्रशासनले आफ्नो
कमजोरी लुकाउनका लागि दुइ कर्मचारीमाथि
कारवाही गरेको भन्दै विरोध गरेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved