भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मुम्बई । अभिनेत्री दीपिका पादुकोणले रोबोटको
सिक्वेलमा काम गर्ने भएकी छिन् । दक्षिण भारतीय
निर्देशक शंकरको निर्देशनमा निर्माण भएको ‘रोबट’
ले निकै राम्रो ब्यापार गरेको थियो ।
रजनीकान्तको मुख्य भूमिका रहेको उक्त चलचित्रमा
नायिकाको भूमिकामा ऐश्वर्या रायले निर्वाह
गरेकी थिइन् ।
सिक्वेलमा पनि नायकको रुपमा रजनीकान्तले नै
निर्वाह गर्ने भएका छन् । तर, दीपिकाले काम गर्ने
नगर्ने विषयमा सम्झौता भइसकेको छैन । पछिल्लो
समय दीपिकाको हातमा यति धेरै फिल्मको
प्रस्ताब आएको छ । उनी के गर्ने के नगर्ने भन्ने
दोधारमा छिन् ।
केही राम्रा चलचित्रमा काम गर्ने सहमति जनाएकी
दीपिका रोबोटमा पनि काम गर्न चाहन्छिन्
तर,डेटको समस्या छ ।

0 comments:
Post a Comment