Home » » दाइले विवाहित महिला भगाएपछि दिदीबहिनीको बलात्कार !

दाइले विवाहित महिला भगाएपछि दिदीबहिनीको बलात्कार !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


भदौ १७ गते
एजेन्सी । प्रेममा मानिस अन्धो हुन्छ भन्ने त
सुनिन्थ्यो तर, यहाँ समाज नै अन्धो बनेको छ ।
भारतको राजधानी नयाँ दिल्लीको भागपत
गाउँको ‘पञ्चायती’ नै अन्धो बनेर यस्तो फैसला
गरेको कि जस्ले विश्वलाई नै स्तब्ध र लज्जित
बनाइदिएको छ । विवाहित महिलाको प्रेममा
अन्धो भएका दाइले उनलाई भगाएर लगेपछि बदला
लिन ‘पञ्चायती’ले उनका दिदीबहिनीमाथि
बलात्कार गर्ने र कालोमोसो दलेर नांगै गाउँ घुमाउने
फैसला गरेको छ ।
यो फैसलापछि २३ र १५ वर्षीया दिदीबहिनी
अहिले दिल्लीमा भूमिगत छन् भने दाइलाई झूटो
मुद्दामा जेल हालिएको छ । यो घटनाको पर्दाफास
बलात्कारको सजायँ पाएर दिल्लीमा भुमिगत रहेकी
दिदी मीनाक्षीले सञ्चार माध्यमलाई अन्तरवार्ता
दिएपछि भएको हो ।
गाउँलेहरुले उनीहरुमाथि बलात्कार आदेश दिँदा
दिदीबहिनी दुबैजना एउटा वैवाहिक कार्यक्रममा
भाग लिन दिल्ली आएका थिए । एक छिमेकीले
उनीहरुलाई फोन गरी गाउँ नफर्किन सल्लाह दिएको
मीनाक्षीले अन्तरर्वार्ताका क्रममा भनेकी छिन् ।
उनका दाईले माथिल्लो जातकी एक विवाहित
महिलालाई भगाएपछि उनीहरुमाथि यस्तो सजायँ
सुनाइएको हो । परिवारको दासीको जस्तै
व्यवहारले माथिल्लो जातकी २२ विवाहित महिला
कृष्णा रविसँग भागेकी हुन् । मानवअधिकारवादी
संगठन एम्नेस्टी इन्टरनेसनलले यो घटनाको चर्काे
विरोध गरेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved