Home » » कोरियन भाषाको परीक्षा मिति र केन्द्र तोकियो

कोरियन भाषाको परीक्षा मिति र केन्द्र तोकियो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


कोरियाको भाषा परीक्षा आगामी असोज २ र ३
गते सञ्चालन हुने भएको छ।
इपिएस कोरिया शाखाले दुई सिफ्टमा काठमाडौं
उपत्यका र पोखराका केन्द्रबाट परीक्षा सञ्चालन
गर्ने भएको हो। पहिलो सिफ्टमा बिहान १० बजेदेखि
लिखित परीक्षा हुनेछ भने दोस्रो सिफ्टमा दिउँसो
साढे २ बजेबाट लिखित परीक्षा सञ्चालन हुनेछ।
लिखित परीक्षा सुरु हुनुभन्दा डेढ घण्टाअघि
अभिमुखिकरण तालिम हुनेछ।
काठमाडौं उपत्यकाका १५ वटा र पोखराका ३ वटा
केन्द्रहरुबाट परीक्षा सञ्चालन हुनेछ। यस वर्ष भाषा
परीक्षाबाट ८ हजार २ सय जनालाई छनौट गर्ने
ईपीएस कोरिया शाखाले जनाएको छ।
काठमाडौं उपत्यकाका परीक्षा केन्द्रहरु
१ लिटिल एन्जेल्स स्कुल, हात्तिवन, ललितपुर
२ लिटिल एन्जेल्स कलेज, हात्तिवन, ललितपुर
३ हिमालयन ह्वाईट हाउस कलेज, काठमाडौं
४ एन के सिंह मेमोरियल ईपीएस स्कूल नयाँबानेश्वर,
काठमाडौं
५ भिएस निकेतन स्कूल मिनभवन, काठमाडौं ।
६ भिएस निकेतन स्कुल तिनकुने काठमाडौं
७ युनिभर्सल कलेज, मैतिदेवी, काठमाडौं
८ रेडन कलेज सामाखुसी, काठमाडौं
९ रेडियन्ट रिडर्स एकेडेमी, सानेपा, ललितपुर
१० आईडियल मोडल स्कूल, धोविघाट, ललितपुर
११ एएलआर, स्कूल, कलंकी काठमाडौं
१२ ल्याब्रोटरी स्कुल, कीर्तिपुर, काठमाडौं
१३ जेभियर ईन्टरनेशनल कलेज, कालोपुल, काठमाडौं
१४ ह्वाइर्ट हाउस ईन्सटीच्यूट अफ साईन्स एण्ड
टेक्नोलोजी, खुमलटार, ललितपुर ।
१५ गोल्डनगेट ईन्टरनेसनल कलेज, बत्तिसपुतली काठमाडौं
पोखराका परीक्षा केन्द्रहरु
१ लिटिल स्टेप हाईयर सेकेन्डरी स्कुल, पोखरा
उपमहानगरपालिका(८, सिमलचौर २ स्टेप बाई स्टेप
हाईयर सेकेन्डरी स्कुल पोखरा उपमहानगरपालिका ७
मासबार ३ ग्लोबल कलिजियट हाईयर सेकेन्डरी स्कुल,
पोखरा उपमहानगरपालिका १२ रानीपौवा ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved