भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, १९ भदौ ।
म यहोवाको साक्षी हुँ, हाम्रो संगठनले अहिले २३६
देशमा ६५० भाषामा सुसमाचार सुनाउँदै छ । अनि
त्यसमा नेपाल पनि पर्छ । अनि हाम्रो संगठनमा
साक्षी हुनु भएका भाइबहिनीहरु कुनै पनि हालतमा
सेनामा भर्ती हुँदैन । राजनीतिमा भाग लिँदैन ।
बाइबलको ज्ञान फिरीमा सिक्छौँ । सिकेको
ज्ञान अरुलाई सिकाउँछौँ, सुनाउँछौ । अनि छिċै
हाम्रो भगवानले अहिले भइरहेको दुस्खकष्ट, रोगबिमार
र हत्याहिंसा हटाएर नयाँ संसार ल्याउँदैैै हुनुहुन्छ भन्ने
बाइबलमा भएको सुसमाचार सुनाउँछौँ ।
अनि हामी क्रिसमस मनाउँदैनौँ । क्रश चलाउँदैनौँ ।
लकेट लगाउँदैनौँ । हामी चर्चमा जाँदैनौँ । चर्चको हरेक
घरमाथि क्रश राखेको हुन्छ, तर हाम्रोमा मन्डली
राज्यभवन मात्र लेखेको हुन्छ । चर्चमा भन्दा हाम्रो
धेरै फरक छ ।
चर्चमा येशुलाई परमेश्वर हो भनेर सिकाउँछ,
हामीचाहिँ येशु परमेश्वरको छोरा हो भन्छौँ ।
बाइबलमा येशुलाई परमेश्वर हो भनेर कहिँ लेखेको छैन ।
चर्चका मानिस झुटो शिक्षा सिकाउँछन् अनि
गरिबलाई पैसामा किन्छन् । पास्टरलाई पैसा दिन्छ ।
अनि पास्टरले लोभले हाम्रो गाउँतिर राहत बेचेर
खायो रे होइन ?
–दीपक ठकुरी (फेसबुक च्याटमा प्राप्त)

0 comments:
Post a Comment