भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
शनिबार, भाद्र १९,
मधेस केन्द्रित दलका आन्दोलनकारीको ढुंगा
प्रहारबाट बाँकेमा एक जनाको मृत्यु र एक जना घाइते
भएको घटनाको विरोधमा आज कोहलपुरमा प्रदर्शन
भएको छ । मोटरसाइकल, गाडी र पैदल गरी ठूलो
संख्यामा मानिसहरु विरोध प्रदर्शनमा सहभागी
भएका छन् ।
प्रदर्शनको नेतृत्व कुनै दल/समूहले नगरे पनि आन्दोलनका
नाममा आपराधिक घटना भएको भन्दै सर्वसाधारणहरु
स्वस्र्फुतरुपमा विरोधमा उत्रिएको नेपाल
विद्यार्थी संघका नेता भूमबहादुर भण्डारीले
जानकारी दिए । प्रदर्शनकारीहरु घटनास्थल
पिप्रहवातर्फ जाने प्रयास गरे पनि प्रहरीले
उनीहरुलाई पिपिरी नजिकै रोकेको छ ।
हिंजो मोटरसाइकलमा नेपालगन्जबाट कोहलपुर जाँदै
गरेकामाथि मधेसी मोर्चाका कार्यकर्ताले ढुंगा
प्रहार गर्दा करण सिंहको मृत्यु भएको थियो भने
विनोद शाही घाइते भएका थिए । विरोध
प्रदर्शनमा उत्रिएकाहरुले बन्द/हड्तालमा मोटरसाइकल
चल्न दिने भन्ने अनि सवारी चलाउँदा आक्रमण गर्ने
आन्दोलनकारीको काम गैरजिम्मेवार भएको भन्दै
आक्रोश पोखेका छन् ।

0 comments:
Post a Comment